arrow

प्रधानमन्त्री ओलीले दिए पाकिस्तानका समकक्षी खानलाई बधाई

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
imran-khan1.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

 पाकिस्तानका प्रधानमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ