लगातार परेको बर्षाले स्कुलको भवन बगायो, पठन पाठन ठप्प
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ भदौ २ शनिबार
311
Shares
बझाङ। विहीबारदेखि परेको लगातार बर्षका कारण तल्कोट गाँउपालीका ३ मा पर्ने विश्वनाथ प्राविको निर्माणधिन भवन पहिरोले बगाएको छ । शुक्रबार राती आएको पहिरोले विश्वनाथ प्राविको २ कोठे १ तले पक्की भवन बगाएको हो ।
तल्कोट गाँउपालीका र वडा नम्बर ३ को झण्डै १० लाखको लागतमा निर्माण गरी सम्पन्न हुन लागेको पक्की भवन रातीको पहिरोले बगाएको तल्कोट गाँउपालीका वडा नम्बर ३ का वडा अध्यक्ष भरत बहादुर बोहराले बताए । यस्तै पहिरोका कारण नजीकै रहेको महिला सामुदायिक भवनमा समेत क्षेती पुगेको स्थानीय बासिन्दा विष्नु रोकायाले जानकारी दिए । गाँउपालीकाको सहयोगमा निर्माणधिन अवस्थामा रहेको झण्डै चाल लाख बराबरको महिला सामुदायीक भवन समेत पहिरोले बगाएका हो ।
विद्यालय पहिरोले बगाए पछी स साना बालबालीकाहरुको पढाई प्रभावित बनेको छ । स्कुलमा भएका फर्निचर टेबुलहरु समेत पहिरोले पुरेको स्थानीय बासिन्दा विष्नु रोकायाले बताए । तल्कोट गाँउपालीका ३ को बष्टि गाँउमा रहेको ठुलाखोला भन्ने ठाँउ बाट रातीको समयममा पहिरो आएको हो । पहीरोका कारण स्थानीय बासिन्दा राम बहादुर चदाराको ऐठ्यालु समेत पहिरोले बगाएको छ ।
यस्तै यहाँका स्थानीय बासिन्दाले कुटानी मिसानी गर्ने पानी घट् समेत खोलाले बगाई दिएको छ । पहिरोका कारण २-३ घरमा क्षती पुगेको भन्ने जानकारी आएको वडा अध्यक्ष भरत बोहराले बताए । यस्तै यहाँका स्थानीय बासिन्दाको खेती योग्य जमीनमा समेत ठुलो क्षेती पुगेको छ । स्थानीय बासिन्दाका अनुसार प्रहरी घटना स्थल सम्म पुग्न सकेको छैन । वडा अध्यक्ष बोहराका अनुसार आफु कामको शिलशिलामा काठमाडौं रहेको र प्रहरीलाई आफुले खबर गर्दा कामले गर्दा भोली मात्रै घटना स्थल जाने बताएको जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यलयले भने उक्त घटना बारे केही पनी जानकारी नभएको जनाएको छ । घटनामा के कती क्षेती भयो भन्ने एकीन विबरण आउन बाँकी छ ।