गौरादह। भनिन्छ स्वास्थ्य नै धन हो । स्वास्थ्य खराव भएपछि मानिसले कुनै पनि काम गर्न सक्दैन। त्यसमा पनि भयानक रोगको सिकार भए पछि त भए भरको धन सम्पत्ति सकिदा पनि असफलता नै हात लाग्छ।
यस्तै समस्याबाट चिन्तित बनेका छन् गौरादह ९ दह गाउँ निवासी बोधराज खनाल । खनाल ३८ वर्षीय युवा हुन् । खनालका दुबै मृगौलाले काम गर्न छोडेका छन् । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । पेसाले ऊनी रेडियो, टिभी मर्मतको काम गर्छन् । उनको एक्लो कमाइले धानिएको परिवार माथी अहिले ठूलो बज्र परेको छ ।
गाउँमा रहेको ८ कठ्ठा जमिन र एउटा सानो झुपडिमा ढिडो पिठो खाएर खुशी साथ जीवनयापन गर्दै आएको परिवारलाई एउटा मात्र बज्र परेको भने होइन । २०७१ सालमा मृगौला सम्बन्धि समस्याकै कारण उनकी आमाले संसार छोड्नु पर्यो । खनालकी एकमात्र छोरी आयुशा ७ बर्ष कि भइन् । ऊनी पनि बाल्यकाल मै मृगौला पीडित हुन् भन्ने सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । सुस्त मनस्थिति भएकी आयुशाको दुबै मृगौलाले काम गर्न छोडीसकेको रहेछ । अहिले ऊनी मावलमा रहेको थाहा भएको छ ।
बृद्धअबश्थामा रहेका बुबा भिम प्रसाद खनालले भक्कानिदै भने, - 'मैले कहाँबाट पैसा जुटाएर छोरा र नातिनीको उपचार गर्ने ?' नातिनीको उपचार गर्ने कि छोराको उपचार गर्ने जीवनको उत्तरार्धमा पुगेका बाबुलाई पर्नु सम्म पिर परेको छ । गरिबीको पीडाले थिचिएको यो खनाल परिवारको कारुणिक रोदनलाइ मलमपट्टी लगाइदिने सहयोगी हातहरुको खोजीमा छरछिमेकी र आफन्तजन पनि लागि परिरहेको देखिएको छ ।
यता बुहारी कमलाले साहस र धैर्यता गुमाएकी छैनन् । आफ्नो पति र छोरीको उपचार गराएरै छाड्ने अठोट उनिमा देखिन्छ । जस्तोसुकै पिर परेता पनि धैर्यताले काम लिन सकिन्छ भन्ने बिश्वास लिने कमलाले आफ्नो १० बर्षिय छोरा आदर्शको भिजेका आँखा पुछ्दै भनिन् - 'संचारकर्मीहरु आउनुभएको छ, पत्र पत्रिकामा हाम्रो दु:खद अवस्थाको बारेमा समाचार लेखिदिनु होला, रेडियोबाट सन्देश सुनाइदिनु होला ।' पत्रकारले कलम चलाइ दिदा दाताहरुबाट सहयोग पाइने उनलाई पुर्ण भरोसा छ ।
खनाल परिवारको दु:खमा साथ दिन खनाल वंश सेवा समितिले प्रथम चरणको आर्थिक सहायता गरेको छ । समितिका क्षेत्रीय अध्यक्ष घनश्याम खनालले क्षेत्रीय समितिले केही नगद जम्मा गरेर सहयोग गरेको र जिल्ला तथा केन्द्रमा समेत जानकारी गराएर उपचारमा थप मद्दत गर्ने बताएका छन् ।
पिता भिम प्रसादका तीन भाइ छोरा मध्ये माइला बोधराज हुन् । कान्छो छोरो मलेसिया गएको, जेठो गाइघाटमा सानोतिनो काम गर्छ - वृद्ध बुबाले संचारकर्मीसँग भने । जिल्ला जनस्वास्थ्य कार्यालय बाट सहयोगको आश्वासन पाएकोले गर्दा ऊनीहरुलाइ सरकारसंग ठूलो भरोसा रहेको पाइन्छ। मेयर साव र सबै वार्ड अध्यक्षहरुलाई भन्न पाए केहि सहायता मिल्ने थियो कि ? - स्थानीय सरकारसंग सहयोगको याचना गर्दै पिडितकी श्रीमतीले भनिन्।
आर्थिक सहायताको लागि सम्पर्क नम्वरहरु यस प्रकार रहेका छन्: १) बोधराज खनाल ९८१६३५६९२१(बिरामी), २) कमला खनाल ९८२४६९१३७९(बिरामीको श्रीमती), ३) मोहन खनाल ९८४२६३२८२२(खनालबन्धु सेवा समितीका सदस्य), ४) लोकनाथ खनाल ९८०४९१६२४९ (खनालबन्धु सेवा समिती सदस्य )। आर्थिक सहयोगका लागि बैंक खाता नम्वरहरु यस प्रकार रहेका छन्ः १) एनआइसी एसिया बैंक गौरादह शाखा ८७६१९४३४०६५२४००१ (लोकनाथ खनाल) २)नबिल बैंक दमक शाखा २२१००१७५०९०४७ ( लोकनाथ खनाल)।