arrow

पहिलो संसदका विपक्षी दलका नेता भरत शम्शेरको निधनमा शोकसभा हुने

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
bharat-samsher.JPG

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवम् नेपालको पहिलो संसदका विपक्षी दलका नेता भरत शम्शेरको निधनको १३ औं दिनमा शोकसभा आयोजना गर्ने भएको छ । 

पार्टी मुख्यालय विपीनगर सानेपामा काँग्रेसले भदौ ६ गते दिउँसो २ बजे शोक सभा आयोजना गर्ने काँग्रेसले जनाएको छ । 

उक्त शोकसभामा पार्टीका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहित सबै शीर्ष नेताहरुको सहभागिता रहने काँग्रेसले जनाएको छ । 

काँग्रेसले आस्थावान, हितैषी लगायतलाई शोकसभामा उपस्थितिका लागि आग्रह समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ