- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इक्वेडरले भेनेजुयलाका आप्रवासीहरुलाई आफ्नो मुलुकमा प्रवेशका लागि रोक लगाउने निर्णय गरेको छ । इक्वेडरले पासपोर्ट विना आफ्नो मुलुकमा प्रवेशको अनुमति नदिने निर्णय गरेको हो ।
पछिल्लो समय भेनेजुयलामा देखिएको राजनीतिक तथा आर्थिक संकटको कारण भेनेजुयला समस्यामा रहेको छ । जसको कारण हजारौं मानिसहरु मुलुक छाडेर जाने क्रमा बढ्दो क्रममा रहेको छ । उनीहरुमा धेरैजसो कोलम्बिया हुँदै इक्वेडर जाने गरेका छन् । अहिलेसम्म परिचयपत्रको भरमा इक्वेडर जानपाइने नियम भएको कारण पनि भेनेजुयलाका धेरै आप्रवासीहरु इक्वेडर पुगेको भन्दै इक्वेडरले नयाँ नियम ल्याएको हो ।
कोलम्बियाले भने यो नियममा आपत्ति जनाएको छ । उसले आफ्नो इक्वेडरसँगको सीमाक्षेत्रमा खराब मानिसहरु रोकिनसक्ने र यसले आफ्नो सुरक्षामा नकारात्मक असर पार्ने भन्दै कोलम्बियाले आपत्ति जनाएको हो ।
यसैगरी एक भिन्न घटनामा ब्राजिलका बासिन्दाहरुले शनिबार भेनेजुयलाको आप्रवासी क्याम्पमा आक्रमण गरी उनीहरुलाई सीमाबाहिर लखेटेका थिए । भेनेजुयला अहिले अत्यधिक मुद्रास्फीतिदर र खाद्यान्न तथा औषधिको चरम अभावको सामना गरिरहेको छ ।
पछिल्लो १५ महिनामा १० लाखभन्दा बढी भेनेजुयलाका आप्रवासीहरु इक्वेडर प्रवेश गरिसकेका छन् । आधिकारिक विवरणअनुसार प्रत्येक दिन इक्वेडरको सीमामा चार हजारभन्दा बढी भेनेजुयलाका नागरिकहरु आइपुग्ने गरेका छन् ।
शनिबार बिहानै इक्वेडरको सीमामा ३ सयभन्दा बढी भेनेजुयलाका नागरिकहरु प्रवेशका लागि लाइन बसेका थिए । (एजेन्सी)