arrow

५ सय वर्ष कसरी बाँचे रूसी राष्ट्रपति पुटिन ? के हो खास रहस्य ?

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
russian-president-putin-1.jpg.jpeg

एजेन्सी । सामाजिक सञ्जालमा पछिल्लो  समय  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उमेरको समाचार भाइरल भइरहेको छ । भनिन्छ, पुटिन विश्वमा कम्तिमा पनि ५०० वर्ष देखि फरक-फरक रुपमा रहे । सो समचारलाई पुष्टी गर्न  अलग-अलग तस्वीर समेत पोप्ट भए । जसमा उनको तुलना मोनालिसाको पेन्टिंग र रूसी सैनिकसँग गरिएको छ ।
 
मोनालिसाको दुईवटा तस्वीरसँग पुटिनको एउटा तस्वीर राखेर भनिएको छ,-'कसरी उनको अनुहार मोनालिसाको तस्वीरसँग मिल्छ ?।' साथै सन् १९२० र १९४१ को क्रममा रूसी सैनिकसँग उनको अनुहारको चर्चा गरिएको छ ।

त्यसमा तीन फोटो एकै ठाउमा राखिएको छ । जहाँ दुई जना रुसी सैनिक र अर्को पुटिनको तस्वीर छ  । ती दुबै तस्वीर पुटिनको भएको उल्लेख छ ।


 के हो सत्यता ?
६५ वर्षको उमेरमा पनि राष्ट्रपति भ्लादिमिर पुटिन घोड्सवारी र कयौ प्रकारका कठिन व्यायम गर्दछन् । पुटिनलाई उनका समकालीन वैश्विक नेताहरु मध्ये सबभन्दा फिट मानिन्छ । जो आफ्नो स्वास्थ्यलाई लिएर धेरै सजग छन् ।

डिसक्लोज टिभिले पुटिनको भाइरल भएको यी तस्वीरको विषयमा शोध गरेको छ । शोधका अनुसार सैनिकको रुपमा देखाइएको उनको तस्वीर इजिप्टका एक जनरलको हो ।

त्यस्तै दोस्रो तस्वीर भने फोटोशपको माध्यमबाट बनाइएको हो । तर यी तस्वीरहरु सबैभन्दा पहिले कहाबाट अपलोड गरियो भन्ने खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ