arrow

एक लाख ७६ हजार गाइवस्तुको कृत्रिम गर्भाधान केपी ओलीको उपलब्धि

प्रक्रियामा भइरहेको काम पनि उपलव्धिमा गणना

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
pm-oli1.jpg

काठमाडौं । एक लाख ७६ हजार गाइवस्तुको कृत्रिम गर्भाधान केपी शर्मा ओलीको पाँच महिनामा सरकारका कामका उपलब्धीका रुपमा लिइएको छ ।

कृषिको व्यवसायिकरणका गरेका कामहरुको प्रगति विवरण दिने क्रममा ओली सरकारले गत सोमबार पशु नश्ल सुधारका लागि एक लाख ७६ हजार दुई सय २६ जनावरमा कृत्रिम गर्भाधान गरिएको जनाएको छ ।

सरकारले भनेको छ ‘स्वदेशमै पशु खोप उत्पादनमा आत्मनिर्भर हुन विभिन्न पशु रोग विरुद्धको खोप १ करोड १२ लाख र रेबिज विरुद्धको खोप १ लाख ८ हजार डोज उत्पादन गरी वितरण गरिएको छ ।’

यो विवरण काफी छैन । यति छोटो समयमै यति धेरै कृत्रिम गर्भाधान भयो भनेर विश्वास गर्ने आधार केही छैन । काम देखाउने क्रममा राखिएको तथ्यांकबाहेक अरु केही हुन सक्दैन ।

प्रक्रियामा भइरहेका कामहरुलाई पनि सरकारले आफ्नो पालामा भएका उपलव्धीको रुपमा गणना गराएको छ। कृतीम गर्भाधान गराउने कुरा कृषी मन्त्रालयको नियमित काम रहेको थियो तर केपी ओली सरकारले त्यसलाई पनि आफ्नो उपलव्धीमा गणना गराएको छ। 

फेरि ओली सरकारले त्यसअघिका सरकारले गरेका कामहरुको पनि जश लिन खोजेको छ । पहिलेदेखि हुँदै आएका काम पनि आफैले गरेको भ्रम यो सरकारले छरेको छ ।

केही कामै नगरी गफ मात्र चुटिरहेको भन्ने विपक्षीको आरोपपछि काम देखाउने क्रममा सरकारले ७४ पृष्ठ लामो उपलब्धी सार्वजनिक गरेको हो ।

जसका कारण झनै आलोचनाको पात्र भएको छ सरकार ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ