प्रेस युनियन कपिलवस्तु शाखाको अधिवेशन भाद्र ३० गते
प्रकाशित २०७५ भदौ ३ आइतबार
600
Shares
कपिलवस्तु, नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको अधिवेशन यही भाद्र गर्ने निर्णय भएको छ । तौलिहवा बसेको कार्य समिति बैठकले युनियनको साधार सभा तथा अधिवेशन भदै ३० गर्ने भएको छ ।
साथै बैठकले अधिवेशनको लागी तयारी समिति गठन गरेको छ । प्रगती प्रतिवेदनको लागी सचिव मणि प्रसाद गैह्रे, आर्थिक प्रतिवेदनको लागी कोषध्यक्ष कृष्ण प्रसाद पौडेलेलाई जिम्मवेवारी दिइएको छ । त्यस्तै आर्थिक समितिको संयोजकमा उपाध्यक्ष किरणमान बज्राचार्य, खाना आवस व्यस्थापन संयोजक सदस्य आनन्द कुमार चौधरी र अतिथी सत्कार र प्रत्राचार संयोंजक सह सचिव सविना पौडेललाई जिम्मेवारी दिइएको छ ।
साथै सदस्यता नविकरण र नयां सदस्या मिलानको लागी यही भाद्र १५ गते सम्मको लागी समय दिइएको सदस्य अशोक पौडेलले बताएका छन् । केन्द्रिय समितिले भाद्र २० गते अधिवेशनको लागी पत्राचार गरेपछी समय सिमा भित्र साधारण सभा तथा अधिवेशन गर्नको लागी मिति तोकिएको सचिव मणि प्रसाद गैह्रेले बताए ।
शाखा सभापति गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले गिरिजा प्रसाद कोइरला स्मृती पत्रकारिता पुरस्कार वितरण गर्ने जस्ता निर्णय गरेको छ ।