arrow

पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने सरकारको निर्णय

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
purna.JPG

काठमाडौं । सरकारले पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त गर्ने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

नेपाली सेनाको नयाँ प्रधानसेनापति नियुक्त हुनुअघि बहालवाला प्रधानसेनापति एक महिना अघि नै विदा बस्ने चलन छ । प्रधानसेनापति राजेन्द्र क्षत्री विदामा बसेपछि थापा कायममुकायम प्रधानसेनापतिको हैसियतमा काम गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ