arrow

यी हुन् मन्त्रिपरिषदका ८ निर्णय (सूचीसहित)

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
baskota.JPG

काठमाडौ । सरकारले प्रधानसेनापति नियुक्त गर्नेदेखि विम्स्टेक सम्मेलनका क्रममा ग्रिड सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी दिनेसम्मका निर्णय गरेको छ । 

आईतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले एकै दिन आठ वटा निर्णय गरको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

आईतबार सरकारले गरेका निर्णय जस्ताको त्यस्तैः
–मौलिक हकसँग सम्बन्धित तीन वटा विधेयकहरु, वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र भूमि सम्बन्धी विधेयक (सातौ संशोधन) २०७५ संघीय संसदमा पेश गर्ने । 

–बलाधिकृतरथी पूर्ण चन्द्र थापालाई २०७५ भाद्र २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको महारथी पदमा बढुवा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्तिको लागि नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

–विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आईडीएबाट एकिकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने अनुदान सहायता रकम एक अरब ६४ करोड (१५ मिलियन डलर) स्वीकार गर्ने । 

–डा. डिल्लीराज खनालको अध्यक्षतामा पाँच सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने । र, आयोगका अध्यक्षको सुविधा राज्यमन्त्री सरह हुने । 

–पञ्चेश्वर विकास प्राधिकरणमा नेपालकोतर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सह–सचिव चिरञ्जिवी चटौत, पुर्नवास तथा व्यवस्था पुर्नस्थापना कार्यकारी निर्देशक पदमा सिंचाई तथा जलस्रोत विभागका उपमहानिर्देशक चूर्ण बहादुर ओली, प्राविधिक कार्यकारी पदमा विद्युत् विकास विभागका नरेन्द्र सिंह भण्डारीलाई काज खटाउने । 

–साथै हाल प्राधिकरणको कार्यकारी निर्देशक पदमा कार्यरत सह–सचिव बाबुराम अधिकारीलाई अर्को व्यवस्था नभएसम्म कामका लागि बढीमा २०७६ असार मसान्तसम्मका लागि काजमा खटाउने । 

–विम्स्टेक सम्मेलनका क्रममा ग्रिड सम्बन्धी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अख्तियारी दिने । 

–अस्थायी तथा सेवा करार सम्झौता बमोजिमका जनशक्तिको व्यवस्थापन गर्ने निर्णय । यससम्बन्धी अरु व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ