arrow

६० किलो चरेशसहित पक्राउ परेका पाँच जना सार्वजनिक

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
charesh.jpg

दाङ  । जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो लागूऔषध चरेशसहित पक्राउ परेका पाँच जनालाई आइतबार साँझ सार्वजनिक गरेको छ ।

सार्वजनिक हुनेमा रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका स्थायी घर भई हाल घोराहीमा बस्ने ३० वर्षीया रुपा घर्ती, रुकुम भूमे गाउँपालिका–२ बस्ने २७ वर्षीया सपना पुन र सोही ठाउँकै ध्रुवजङ्ग बुढा रहेका छन् ।

जिप्रका दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । मुसीकोट नगरपालिका–११ का ४५ वर्षीय प्रेमबहादुर घर्ती र सल्यान दार्मा चौर गाउँपालिका–५ का ३५ वर्षीय डिल्लीराज चन्द रहेका छन् ।

विशेष सुराकीका आधारमा उनीहरुलाई शुक्रबार र शनिबार जिल्ला प्रहरी कार्यालय दाङको टोलीले लमही नगरपालिका–९ को अमेलीयामा लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा पक्राउ गरेको पत्रकार प्रहरी प्रमुख पोख्रेलले जानकारी दिए ।

 पक्राउ परेकालाई लागूऔषध चरेश कारोवार मुद्दा शीर्षकमा कारवाहीका लागि अगाडि बढाइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ