arrow

हेमानन्दलाई शंकराचार्य घोषणा गर्ने ठाउँ नै मिलेन

विवादित हेमानन्दको कार्यक्रम गर्न पशुपति क्षेत्र विकास कोषले स्थान नदिएपछि डोलेश्वरमा पनि दिइएन

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
hemananda-giri-not-sankharacharya.jpg

काठमाडौं। पशुपति मन्दर परिसरमै पशुपति मठको शंकराचार्य पदवी लिने कार्यक्रम तय गरेकी हेमान्नद गिरीले पशुपति क्षेत्रमा कार्यक्रम गर्ने स्विकृती नपाएपछि उनले रोजेको डोलेश्वर मन्दिरमा पनि उनले कार्यक्रम गर्न नपाउने भएकी छिन्। 

डोलेश्वर मन्दिर समितिको वैठकले हेमानन्दको शंकराचार्य घोषणा विवादास्पद रहेको र नेपालको सन्त समाज पनि त्यसो विपक्षमा रहेको कारण जनाउँदै हेमानन्दलाई कथित शंकराचार्य घोषणा गर्ने कार्यक्रमका लागि स्थान दिन अस्विकार गरेको हो। 

डोलेश्वर मन्दिर समितिले निर्णय गरेरै हेमानन्दलाई निषेध गरेको हो। शंकराचार्य परम्परा अनुसार शंकराचार्य घोषणाको कार्यक्रमको बारेमा चौतर्फी विरोध भएपछि पशुपति क्षेत्रमा कार्यक्रम गर्न दिइएको थिएन। सरकारले पनि विवादास्पद कार्यक्रममा आफ्नो तर्फबाट सहभागिता नहुने जनाएको थियो। 

सो कार्यक्रमलाई डोलेश्वर मन्दिर भक्तपुरमा यहि भदौ ८ गते गर्ने भनेर हेमानन्दले पत्रकार सम्मेलन गरेर जानकारी दिएकी थिइन। तर डोलेश्वर मन्दिरमा पनि कुनै व्यक्तिले स्थानको बारेमा आश्वासन दिएपनि समितिमा केहि छलफल नभइ प्रचार भएपछि समितिको वैठक नै बसी कार्यक्रम गर्न नदिने निर्णय गरेको हो। 

हेमानन्दको कथित शंकराचार्य घोषणाको विरोधमा नेपाल सन्त समाज, विद्वत्परिषद्, धार्मिक संघ संस्था उत्रिएका थिए। बिरोधको वावजूद हेमानन्दले कार्यक्रमको प्रयास गरे पनि डोलेश्वर मन्दिर समितिको बैठकले विवादित कार्यक्रम गर्न नदिने निर्णय गरेको हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ