arrow

भूटानको निर्वाचन आयोगद्वारा अक्टोबर १८ मा चुनाव गर्ने घोषणा

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
bhutan-palace.jpg

थिम्पु, भूटान। भूटानको निर्वाचन आयोगले आगामी अक्टोबरमा आम निर्वाचन गर्ने घोषणा गरेको छ। उक्त निर्वाचनपूर्व भूटानमा राजनीतिक पार्टीको मान्यता पाएका चार दलमध्ये आगामी सेप्टेम्बर १५ मा पहिलो चरणको निर्वाचन हुनेछ जसबाट दुईवटा दलमात्र अर्को चरणका लागि चयन भएर आउने छन्।

भूटानमा राजाको सहमतिमा निर्वाचन आयोगका प्रमुखले टेलिभिजन कार्यक्रममार्फत निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ। भूटानको निर्वाचन ऐनको खण्ड १८९ ले आम निर्वाचनलाई प्रारम्भिक र जनरल गरी दुई चरणमा गर्ने व्यवस्था गरेको छ। प्रारम्भिक चरणमा निर्वाचन आयोगबाट मान्यताप्राप्त सवै दलले प्रतिस्पर्धा गर्न पाउँछन् भने यसबाट छानिएका दुई दलले अर्को चरणमा निर्वाचन लड्नका लागि योग्य हुन्छन्। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ