arrow

काँग्रेस महामन्त्री कोइरालाको निर्देशनको असरः रौतहटको परोहा नगरमा कर बृद्धी रोकियो

काँग्रेसबाट निर्वाचित परोहा नगरपालिकाका मेयर शेख वकिलले गराए कर छुटको निर्णय

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
paroha-mayor-tax-free.jpg

रौतहट। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले जीतेका स्थानिय तहमा जनतालाई भार पर्ने गरि कर बृद्धी नगर्न निर्देशन दिने बताएको भोलिपल्टै रौतहटमा काँग्रेसबाट निर्वाचित मेयरले कर छुटको निर्णय गराएका छन्।  

संघीय सरकारदेखि स्थानिय तहसम्म अत्याधिक कर बृद्धी गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला काँग्रेस महामन्त्री कोइरालाले काँग्रेसबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधीहरुलाई कर बृद्धी नगर्न निर्देशन दिइने बताएका थिए। 

महामन्त्री कोइरालाको कुरालाई समेत मध्यनजर गरेका परोहा नगरपालिकाका मेयर शेख वकिलले स्थानिय तहको कर नबढाएका हुन्। 

आईतबार बसेको नगर समितिको बैठकले नगरपालिकाका सबै खाले कर नै निशुःल्क गर्ने घोषणा गरेको हो। 

विभिन्न शिर्षकमा लगाईएको अनावश्यक कर खारेज भए पछि परोहाबासीहरु हर्षित भएका छन् भने अन्य नगरपालिका बासीहरुले पनि आफ्ना नगरपालिकामा पनि यस्तै निर्णय हुने अपेक्षा गरेका छन्।

मेयर वकिल प्रदेश नं २ का नगरपालिका संघका अध्यक्ष समेत रहेका छन्ले। निजको पहलमा अन्य नगरपालिकामा पनि कर छुट सम्बन्धि व्यवस्था हुन सक्ने आशा स्थानियको छ भने काँग्रेसका नेता कार्यकर्तामा त झनै विश्वास नै पलाएको छ।  

कर बृद्धीको मुद्धा उठिरहेको बेला काँग्रेसले आफ्ना तर्फबाट निर्वाचित नगरपालिकाका जनप्रतिनिधीहरुलाई काठमाडौं बोलाएर प्रशिक्षण दिने कार्यक्रम समेत बनाएको छ।

काँग्रेसले यहि भदौ ११ गते नीति तथा प्रशिक्षण प्रतिष्ठान मार्फत प्रशिक्षण दिन लागेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ