arrow

दुई कोरियाको पुनर्मिलन, सकियो तयारी

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
korean1.jpg

काठमाडौं । दक्षिण कोरियाका नागरिकहरु उत्तर कोरियामा रहेका आफ्ना आफन्तहरु भेट्नका लागि उत्तर कोरिया पुगेका छन् । सन् १९५०–१९५३ को कोरियन युद्धको क्रममा छुट्टिएका आफन्तहरु हेर्नका लागि उनीहरु उत्तर कोरिया पुगेका हुन् । 

युद्धपछि उत्तरी क्षेत्रमा रहेका परिवारहरुले आफ्नो मुलुक छाड्न पाएका थिएनन् । अहिले पनि दुवै मुलुकहरु प्राविधिक युद्धको क्रममा छन् । यस्तोमा कहिलेकाँही उनीहरुले पुनर्मिलनको कार्यक्रम राख्ने गरेका छन् । पछिल्लो तीन वर्षयता भने त्यस्तो कार्यक्रम पनि हुन सकेको छैन । 

आफ्ना आफन्त भेट्न पाउने दक्षिण कोरियनहरु गोलाप्रथाबाट छानिएको थियो । जसमा सबैभन्दा बुढो उमेरका व्यक्ति १०१ वर्षका रहेका छन् । 
केही मानिसहरु आफ्ना आफन्तहरुको देहान्त भइसकेको समाचारपछि यो कार्यक्रमबाट बाहिरिएका थिए । यससँगै दक्षिण कोरियाबाट ८९ र उत्तर कोरियाबाट ८३ जना मानिसहरुको बीचमा पुनर्मिलन हुने बताइएको छ । 
एक ९२ वर्षीया एक महिलाले कोरियन युद्धपछि पहिलोपटक आफ्नो छोरालाई भेट्न गइरहेको बताइएकी छिन् । उनले अहिलेको दिन आउला भनेर कहिल्यै पनि कल्पना नगरेको बताइन् । कोरियन युद्धको क्रममा लाखौं मानिसहरु आफ्नो परिवारसँग बिछोडिएका थिए । 
दक्षिण कोरियाबाट उत्तर कोरिया पुगेका मानिसहरुलाई निकै कडा सुरक्षाको बीचमा राखिएको छ । उनीहरुले तीन दिन उत्तर कोरियामा बिताउने छन्, जसमा उनीहरुले आफ्ना आफन्तहरुसँग दिनहुँ केही घण्टाको समय बिताउन पाउनेछन् । समग्रमा उनीहरुले ११ घण्टा आफन्तहरुसँग बिताउन पाउनेछन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ