arrow

पाइपबाट ग्याँस पुर्‍याउने मेयर पराजुली, जस लिने केपी ओली 

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
gas-chulo.jpg

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पाइपलाईनबाट  जनताको घरदैलोमा ग्यास पुर्‍याउने  आफूहरूको सपना सिमित भएपनि पुरा भएको बताएका छन् ।  

विराटनगर महानगरपालिका स्थित वार्ड नं १४ का ३२ घरधुरीमा पाइपलाइनबाट ग्याँस पुगेपछि स्थलगत भ्रमणपछि मेयर पराजुलीले वाँकी ४८ घरमा यो महिनाभित्रै ग्याँस पाइप ग्यास विस्तार गरिने बताए ।

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनमा पालिएका २ सय ५ वटा गाइको गोवरबाट वायोग्याँस उत्पादन गरेर जनताको चुल्होसम्म पाइप ग्यास पुर्याइएको हो । केहीको घरमा ग्याँस बलिसकेको छ भने केहीको घरमा पाइपलाइन पुर्याउने काम भइरहेको छ ।

विराटनगर महानगरपालिको १२ लाख, विश्व बैंक र नेपाल सरकारको १ करोड ११ लाख र गौसेवा सदनको सहयोगमा समेत गरी नमूना बायो ग्याँस पायपलाइन परियोजना सञ्चालनमा आएको हो । 

उक्त गौशाला २०४२ सालदेखि सञ्चालनमा आएको हो । गौशालाबाट उत्पादित गोबरलाई सदुपयोग गर्न ग्याँस उत्पादन सुरु गरिएको र ग्याँस उत्पादन गर्न गौशाला क्षेत्रमा २ सय घनमिटर प्लान्ट जडान गरिएको छ ।

आयातीत ग्याँसमात्र होइन नेपालमै उत्पादन गर्न सकिने बायो ग्याँस पनि घर घरमा पाइपलाइनबाट पुर्याउन सकिन्छ भन्ने कुरा व्यवहारमै प्रयोग गरिएको मेयर भीम पराजुली बताए । 

महानगरभित्र अन्य सम्भावित स्थानमा समेत बायोग्याँस उत्पादन गर्न सकिन्छ की भनेर योजना बनाइएको मेयर पराजुलीको भनाइ छ । 

यही नमूना वायो ग्याँस पाइपलाइनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेर जस लिन खोजेका छन् । कार्यान्वयन पक्षमै उत्रिएर नेपालकै पहिलो नमूना बायोग्यास केहि घरमा भएपनि पुर्याएपछी मेयर पराजुलीको चर्चा विराटनगर सहित देशभर चुलिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ