arrow

पूर्वराजदूत हत्या प्रकरण : घरमा काम गर्ने ३ पक्राउ

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
KeshavJha.png

काठमाडौँ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्याबारे सोधपुछ गर्न प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। झाको हत्याबारे अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले झाको घरमा काम गर्ने सानु तामाङ र दुई जनालाई नियन्त्रणमा लिएको हो ।

घटनाको अनुसन्धानका लागि ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

झा श्रीमतिसहित घरमा बस्दै आएका थिए। उनको घरमा अन्य तीन जना कामदार पनि बस्थे। सानु तामाङ झाको घरमा  ७ वर्षदेखि कुकको रुपमा कार्यरत थिए । दुई जना भने हप्तामा दुई-तीन दिन सरसफाइका लागि आउने गरेका थिए ।

 ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन् । झा हत्या गरिएको अवस्थामा आफ्नै घरको कोठामा फेला परेका हुन्।
 
मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उनको अकस्मात हत्या भएको देखिइएकाले गहिराइमा पुगेर अनुसन्धान भइरहेको काठमाडौँ महानगरीय  परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले  बताए । झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए ।

 प्रहरी वरिष्ठ उपरीक्षक लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको  प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए । “घटनाको प्रकृति हेर्दा हत्या भएको देख्न्छि,”उनले भने 'चाँडै नै हामी अपराधी पहिचान गर्छौं।'

पूर्वराजदुत झाको हत्या रातको १ देखि २ बजे बिचको समयमा भएको चिकित्सक रिपोर्टले देखाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ