arrow

'टीकापुर घटना अपराधिक हाेईन'  : महन्थ ठाकुर

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
mahahantha-thakur-gg.jpeg

कैलाली । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताएका छन् ।  

टीकापुर घटनाका अभियुक्तलाई कैलाली कारागारमा भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले टीकापुरलगायत घटनाका मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको सुनाए । उनले याे घटना दंगा भड्काउनलाई थिएन, भने ।  

उनले फरक प्रसङ्गमा देशमा अझै पनि आदिवासी, जनजाति, दलित, पिछडिएका समुदायले राखेका माग र संविधान संशोधनका मुद्दा सम्बोधन हुन नसकेको बताए । चुनावपछि बढेको जनताको अकाङ्क्षा पूरा हुन नसकेको बताउँदै संयोजक ठाकुरले सरकारको काममा शिथिलता देखिएको अाराेप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ