arrow

राष्ट्रपति भण्डारीद्धारा दुई जनालाई जागिर 

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृति तथा राष्ट्रिय सुरक्षाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी दुई विज्ञ नियुक्त गरेकी छिन् ।

नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र सांस्कृतिक सम्पदाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा कास्की जिल्ला पोखरा महानगरपालिका–७ निवासी माधव शर्मालाई नियुक्त गरेकी हुन् । 

त्यस्तै राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा र वातावरणसम्बन्धी क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा रथी नेत्रबहादुर थापा (अप्रा) लाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ