arrow

पेप्सीले किन्यो इजरायली सोडा कम्पनी

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
pepsi-sodastream.jpg

एजेन्सी। पेप्सीकोले इजरायली सोडा कम्पनी सोडास्ट्रिम खरिद गर्ने घोषणा गरेको छ। उसले ३ अर्ब २० करोड डलरमा सो कम्पनी खरिद गर्न लागेको हो। सोडास्ट्रिमले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नै घरमा कार्बोनेटेड ड्रिंन्क बनाएर खानसक्ने गरी मेसिन तथा पुनः प्रयोग गर्न सकिने उत्पादनहरु बिक्री गर्दै आएको छ। 

पछिल्लो समय पेप्सीको व्यापारमा केही गिरावट आइरहेको अवस्थामा अहिले ल्याइएको योजनाले केही समयोग पुग्नसक्ने बताइएको छ। पेप्सीकोका लागि भने यो सम्झौता नयाँ कार्यकारी प्रमुख आएयताको सबैभन्दा ठुलो सम्झौता भएको बताइएको छ। पेप्सीकोले सोडास्ट्रिमका सबै सेयरहरु प्रतिसेयर एक सय ४४ डलरबराबरको रकमले खरिद गर्ने भएको हो। यो नतिजा गत शुक्रबारको सेयरको मूल्यभन्दा ११ प्रतिशतले धेरै हो। 

यो सम्झौता सन् २०१९ को जनवरी महिनासम्ममा पूरा हुने कम्पनीका अधिकारीहरुले बताएका छन्। सोडास्ट्रिम कम्पनी सन् १९०३ मा स्थापना भएको कम्पनी हो। कम्पनीले सन् १९८५ मा आफ्नो महत्वपूर्ण परिवर्तन गरेको थियो। सन् १९९८ मा यो कम्पनीलाई इजरायली कम्पनी सोडा क्लबले खरिद गरेको थियो।

साथै सन् २००३ मा उसले बेलायती उत्पादनको क्षेत्रमा काम गरिरहेको प्लान्ट पिटरबोरघलाई पनि खरिद गरेको थियो तर सो कम्पनी सन् २००३ मा बन्द भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ