जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने
प्रकाशित २०७५ भदौ ५ मंगलबार
749
Shares
एजेन्सी। जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ कार प्लान्ट स्थापनाको लागि सो लगानी गर्ने भएको हो। जापानी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार निसान पछिल्लो समय आफ्नो व्यापारिक क्षेत्रमा महत्वपूर्ण सुधारको मनसायका साथमा अघि बढेको छ।
अहिले चीनमा कम्पनीले डोङफोङ मोटर ग्रुपसँग समन्वय गरेर आफ्नो व्यापारिक सेवा विस्तार गरिरहेको हो। कुनै स्रोतलाई उल्लेख नगरी सार्वजनिक गरिएको समाचारमा अहिले चीनमा कम्पनीले गर्न लागेको लगानीले वार्षिक दुईदेखि तीन लाखसम्मको कार उत्पादन हुने बताइएको छ।
कम्पनीले अहिले सार्वजनिक गरेको योजनाअनुसार चीनको जियान्सु प्रान्तमा यस किसिमको प्लान्ट स्थापना गर्न लागिएको हो। यसले प्यासेन्जर कारको उत्पादनमा भने वार्षिकरुपमा एक लाख २० हजारको दरले वृद्धि हुनसक्ने बताइएको छ।