arrow

राष्ट्रपतिले आममाफि दिएकैबाट निर्मलाको वलात्कार र हत्या

चालचलन सुध्रिएको सिफारिसमा आममाफि दिइएकाबाटै वलात्कार र हत्या

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
nirmala-pant-killed.jpg

कञ्चनपुर। कैद सजाँय भुक्तान गरिरहँदा चालचलन सुध्रिएको आधारमा सिफारिस भएर वाँकी कैद जीवन विताउनु नपर्ने भन्दै राष्ट्रपतिबाट आममाफी पाएका व्यक्तिबाटै कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको खुलासा भएको छ।

आफ्नै भिनाजुको हत्या अभियोगमा सजायँ पाइ जेल जीवन विताइरहेका व्यक्ति दिलिपसिंह विष्टलाई सरकारको सिफारिसमा गणतन्त्र दिवसको दिन राष्ट्रपति भण्डारीले माफी दिएकी थिइन। तर तिनै व्यक्तिले आममाफि पाइसकेपछि फेरि अपराध कर्ममै फर्किएको फेला परेको हो। 

किशोरी निर्मलाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–१९ वागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्ट सरकारले असल चालचलनका आधारमा आममाफिका लागि सिफारिस भइ राष्ट्रपतिबाट आममाफि पाएका व्यक्ति भएको खुलेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। 

असल चालनचलनको आधारमा सिफारिस भएर आधारमा गणतन्त्र दिवसको दिन बिष्टले कैद सजाँय कम हुँदै आममाफी पाएका थिए। राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति फेरि अपराध कर्ममा फर्किएको यो घटनाले कस्ता व्यक्तिलाई आममाफी दिइएको रहेछ भन्ने प्रश्न एकातिर खडा गरेको छ भने अर्कातिर आममाफीको सिफारिसको प्रक्रियामा पनि गम्भिर खोट देखिएको छ।  ।

कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगका मुख्य अभियुक्त भनिएका ४१ वर्षीया दिलिपसिंह विष्टलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

पक्राउ परेका विष्टलाई प्रहरीले अदालतमा उपस्थित गराएर म्याद थप समेत गरिसकेको छ। उनी १० वर्ष अगाडि आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका थिए। 

कतिपय स्थानियले चाहि मानसिक स्थिति ठीक नभएको बिष्टलाई प्रहरीले पक्राउ गरि वास्तविक अपराधीसम्म प्रहरी पुग्न नचाहेको  हुन सक्ने भन्दै विरोधमा उत्रिएका छन्। 

यस्तो थियो निर्मलाको हत्याक्रमसँग जोडिएको पाटो

खाना खाएर घरबाट आफ्नै कक्षाकी साथीको घरमा सँगै पढ्नको लागि निस्किएकी निर्मला करिब २ किलोमिटरको दूरीमा साथीको घरमा करिब ३ घण्टा जति पढेर फर्किएकी थिइन् । करिब सवा दिउँसो ३ बजे निर्मला साथीको घरबाट निस्किएकी थिइन् । साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म नपुगेपछि परिवारका सदस्यले उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर गर्भदा पनि निर्मला कहीँ कतै भेटिइनन्।

छोरी नभेटिएपछि हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गर्यो । त्यो रात परिवारको लागि चिन्ताको कहालीलाग्दो रात रह्यो। बिहानदेखि नै प्रहरी खोजीमा जुटेको थियो तर उनलाई सकुशल भेटिएन बरु उनको शव घरभन्दा केही पर रहेको उखुबारीमा भेटियो । शरीरमा चोट लागेको अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो। 

घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक टेकेन्द्र खड्काको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोले अंगुर जोशीको नेतृत्वमा तीन सदस्यीय टोली घटनाको अनुसन्धानका लागि कञ्चनपुर पठाएको थियो ।

घटनापछि वलात्कारीलाई कार्वाहीको माग गर्दै कञ्चनपुरमा व्यापक प्रदर्शन भएको थियो। देशव्यापी रुपमा समेत यो घटनालाई लिएर व्यापक चर्चा भएको थियो। स्थानियहरुमा वलात्कारीला२ लिएर व्यापक आक्रोश थियो। अपराधीलाई उन्मुक्ती दिलाउन केहिले घटनालाई राजनीतिक रंग दिन खोजेको आरोप पनि लाग्यो। प्रहरीले स्थानियहरुमाथि व्यापक वल प्रयोग गरेपनि अन्तिममा प्रहरीले अभियुक्तलाई पक्राउ गर्‍यो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ