arrow

कर्तब्य ज्यान मुद्धाका अभियुक्त १९ बर्षपछि पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ भदौ ५ मंगलबार
अभियुक्त_भगिश्वर_तावा_लिम्बु.JPG

पाँचथर ।  जिल्ला अदालत पाँचथरको बिभिन्न मुद्दा अन्तर्गत कैद तथा जरिवाना सजाय तोकि फरार रहेका एक अभियुक्तलाई १९ बर्ष पछी  पाँचथर प्रहरीले पक्राउ गरी अदालत बुझाएको छ ।

साबिक थर्पु ६ हाल याङवरक गाउपालिका ५ बस्ने ५२ बर्षिय भगिश्वर तावा लिम्बुलाई कर्तब्य ज्यान मुद्धामा अभियोग लागी १ वर्ष ८ महिना २० दिन कैद सजाय भुक्तान गर्नु पर्नेमा लिम्बु हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

अभियुक्त लिम्बुलाई खोजजतलास गर्ने क्रममा  झापा अर्जुनधारा ११ स्थित चाम्लिङ टोलमा लुकीछिपी बसेको अवस्थामा भदौ ३ गते पक्राउ गरि सोमबार जिल्ला अदालत पाँचथरमा बुझाएकोमा अदालतको आदेशले ठेगीएको कैद भुक्तानको लागी कारागार चलान भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ