arrow

नेपालमा प्रेस स्वतन्त्रताविरोधी कानुन बनेकोमा आईएफजेको चासो

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
IFJ-1.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेले नेपालमा प्रेस स्वतन्त्रताविरोधी कानुन बनेको भन्दै चासो व्यक्त गरेको छ । आईएफजेले मंगलबार एक विज्ञप्ति जारी गर्दै भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन (संहिता)ले प्रेस स्वतन्त्रतालाई खण्डित गरेको भन्दै चासो व्यक्त गरेको हो ।

५५ वर्ष पुरानो नियमलाई परिमार्जित गर्दै ल्याइएको नयाँ कानुनका केही नियमहरु प्रेस स्वतन्त्रताविरोधी रहेको आईएफजेले बताएको छ । कुनै मानिससँगको कुराकानी रेकर्ड गर्न, फोटो खिच्न, निजी विवरणहरु सार्वजनिक गर्न, फोटोहरु बिक्री गर्नेलगायतका सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमति लिनुपर्ने व्यवस्था गरिएकोले सो व्यवस्था नेपालको नयाँ कानुनमा गरिएको आईएफजेले उल्लेख गरेको छ ।

आईएफजेको विवरणमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यो व्यवस्थामा रहेर अहिले ८० भन्दा बढी पत्रकारहरुले समाचार लेखेकै आधारमा विभिन्न मुद्दाहरुको सामना गरिरहेको बताएको विवरणमा उल्लेख छ। सरकारको यो निर्णयले नेपाल प्रेस युनियन, पत्रकार महासंघलगायतका संस्थाहरुले पनि विरोध गर्दै आइरहेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ