arrow

कामपाले १० प्रतिशत बहाल कर उठाउने

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
kathmandu-metro-final-final.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो ।

कामपाले चालु आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ । निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपाङ्गत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसलगायत छन् ।

त्यस्तै घटना दर्ता –जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद जस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराए मात्र निःशुल्क हुने व्यवस्था गरेको छ । गएको वर्ष रु १० हजार लिइँदै आएको वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष रु दुई हजार ५०० कायम गरिएको छ । व्यवसाय बन्द वा सञ्चालन सिफारिसमा गएको वर्ष रु २००० लिइँदै आएकोमा यसवर्ष रु एक हजार लिइने भएको छ ।

गएको वर्ष जग्गा दर्ता सिफारिसमा रु पाँच हजार लिने गरिएको थियो । त्यसलाई घटाएर यस वर्ष रु तीन हजार कायम गरिएको छ ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ