arrow

माछा मार्दै गर्दा २ बालिकाको बगेर मृत्यु

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
water-kill.jpg

पुनर्वास । कञ्चनपुरको पुनर्वास-धनगढी सडक खण्ड स्थित दोंदा नदीमा माछा मार्दै गरेका स्थानीय गाउँ बिकास बस्तीका २ बालिकाको नदीले बगाउँदा ज्यान गएको छ ।

मंगलबार अपरान्न करिब पौने ४ बजे तिर दोंदा नदीमा माछा मार्दै गरेका पुनर्वास नगरपालिका १० का नैनमती चौधरीकी १४ वर्षिया छोरी अञ्जलि चौधरी र सोही गाउँका सियाराम रानाकी छोरी १० वर्षिया मालारानाको नदीले बगाउदा ज्यान गएको प्रहरीले जनाएको छ ।
 
माछा मार्दै गर्दा नदीले बगाएका दुइ बालिकालाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्घार गरि अस्पताल पुराइएको इलाका प्रहरीकार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए ।
 
नदीमा डुबेका दुई बालीकाहरुलाई  कैलालीको धनगढी स्थित सेति अञ्चल अस्पतालमा पुराइएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ