arrow

एआइजी बढुवा प्रक्रिया सुरु, यी हुन् दाबेदार

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
Nepal-police_HQ.jpeg

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक एआइजीको बढुवा प्रक्रिया अगाडि बढाइएको छ । गृह मन्त्रालयले एक साताभित्र एआइजी बढुवाको टुंगो लगाउने गरी प्रक्रिया अघि बढाएको बुझिएको छ । 

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भएसंगै एआइजीको बढुवा रोकिएको छ । चार महिनादेखि रोकिएको बढुवा प्रक्रिया बल्ल अगाडि बढाएपछि तल्लो तहमा पनि अवरोध हट्ने विश्वास लिइएको छ । 

को को छन् भिडन्तमा ? 
सरकारको पछिल्लो निर्णय अनुसार एआइजीको दरबन्दी तीन वटामात्र कायम गरिएको छ । हालका डिआइजीमध्येबाट तीन जनाको मात्र बढुवा हुनेछ । 

गृह मन्त्रालय यसपटक विवादमा पर्न चाहन्न । त्यसैले एआइजी बढुवा वरिष्ठताकै आधारमा हुनेछ । हालका डिआइजीहरू पुष्कर कार्की, मनोज न्यौपाने, धीरु बस्नेत, ठुले राई, र सुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । 

एआइजीका सबै दाबेदार अधिकृत ०४६ का ब्याची हुन् । सबै गत वर्ष साउन १९ गते डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् । 

यसअघि पनि डीआइजीबाट सीधै आइजिपी बनाउनु परेको थियो । प्राविधिक तर्फमात्र नेपाल प्रहरी अस्पतालका प्रमुख डा दिनेशचन्द्र पोख्रेल एआइजी छन् । 

एआइजी नभएकैले डा पोख्रेल ०७३ को फागुनमा दुई महिनाका लागि आइजिपीकै कार्यबाहक सम्हाल्न पुगेका थिए । 

डिआइजीबाट सीधै आइजिपीमा बढुवा गर्दा ०७३ चैत २८ गते डीआइजी प्रकाश अर्याल बढुवा भएका थिए । त्यतिबेला डीआइजी नवराज सिलवालले अदालतमा निवेदन नै दिएका थिए । जयबहादुर चन्दलाई सरकारले आइजिपी नियुक्त गरे पनि त्यो सफल भएको थिएन र अन्ततः सिलवाल फर्जी काण्डमा मुछिएपछि अर्याललाई चिठ्ठा परेको थियो । 

सिलवालको काण्डको फैसला अझै भएको छैन । तर उनी सांसद भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ