arrow

काबुल शहरमा रहेका सरकारी कार्यालयमा रकेट आक्रमण

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
afgan-gov-office-rocket-attack.jpg

काबुल, अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन्। अफगानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दनेशका अनुसार मङ्गलबार लडाकूको एक समूहले काबुलमा रहेको एउटा भवनमा प्रवेश गरी सरकारी भवनमा आक्रमण शुरु गरेपछि सुरक्षाकर्मीले गरेको प्रत्याक्रमणमा दुई जना विद्रोहीको मृत्यु भएको छ।

आक्रमणकारीले एक भवनलाई कब्जामा लिई सरकारी भवनमा रकेटमार्फत आक्रमण शुरु गरेका तर पछि सुरक्षाकर्मीले उनीहरूविरुद्ध प्रत्याक्रमण गर्दा सबैजनाको मृत्यु भएको उनले सञ्चारकर्मीसँग बताए। उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ। स्थानीय टोलो न्यूजले प्रत्यक्षदर्शीलाई उद्धृत गरी विद्रोही लडाकूले २२ वटा रकेटले आक्रमण गरेको आफूले थाहा पाएको बताएका जनाएको छ। घटनामा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका जनाइएको छ।

यस पहिले काबुलका प्रहरी प्रवक्ता हस्मत स्तानिकजाईले लडाकूले पोलिस डिस्ट्रिक १० तथा पोलिस डिस्ट्रिक २ मा तीन रकेट हानेको पुष्टी गर्दै आक्रमणबाट कोही पनि प्रभावित नभएको जनाएका छन्।

अफगानिस्तानका राष्ट्रपतिले मुसलमानहरूको ठूलो पर्व इदुल आदाको पावन अवसरमा स्थायी शान्तिका लागि सशर्त तीन महिना युद्धविरामको घोषणा गरेको २४ घण्टा वित्न नपाउँदै राजधानी काबुलमा आक्रमण भएको छ। तालिवान समूहले सरकारी आग्रहलाई नमान्ने र सङ्घर्ष जारी राख्ने जनाएको थियो।

यद्यपि मङ्लबारको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ