arrow

तीन दशकअघिको कामको जश लिन खोज्दै प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
oli-biratnagar.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अनावश्यक हल्ला र प्रचारवाजीमा लागेको विराटनगरको एक  कार्यक्रमको शुभारम्भ गर्न गएबाट देखिएको छ। तीन दशकअघि परियोजनाको रुपमा सुरु भएको गोबरग्याँस जिल्लाजिल्लामा संचालनमा छन् । तर त्यहि परियोजना मध्येको एक परियोजना विस्तारित रुपको उद्घाटन गर्न गएर प्रधानमन्त्री ओलीले जस लिन खोजेको देखिएको छ।  

चालिसको दशकमा गोवरग्याँस विस्तार हुने मौका पायो । जसले ज्ञान पाए उनीहरुले यो परियोजना लागु गरेर ग्रामिण भेकमै त्यतिबेलादेखि नै गोबरग्याँसबाट खाना पकाइरहेका छन् । 

उनीहरुका लागि अहिले केपी शर्मा ओलीले ‘घरघरमा ग्याँस पाइप पुर्याएँ, मेरो परियोजना सफल भयो’ भन्दै भाषण गर्दै हिँड्नु जनतालाई कतिसम्म झुक्याउने रहेछन् भन्ने कुरा पो उदाङगो भएको छ । 

नेपालमा बायोग्याँसको शुरुआत भएकै ६३ वर्ष पुगिसकेको छ । निरन्तर यसमा लगानी भइरहेको छ । 

ओलीले मंगलबार विराटनगर गोबरग्यास परियोजनाको विस्तारित स्वरुपको उद्घाटन गरे । वैकल्पिक उर्जा प्रवर्दन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्याँस पुग्छ । 

सवाल उनले यहाँ उद्घाटन गरेको परियोजना स्वरुपकै भान्सामा ग्याँसको कुरा थियो की अरु नै थियो चुनावताका भाषण गरेको कुरा। अरुले नै शुरु गरेको परियोजनाको काममा उद्घाटन गर्दैमा केपीको ग्याँसवाला कुराले सार्थकता पाउँछत? 

कृषि प्रवद्र्धन नगरी सम्भव छैन गोवर ग्याँस 
कृषि प्रवर्दन नगरी यो गोबरग्याँस चल्दैन । यो मानिस र गाइभैंसीको गोबरबाट उत्पादन गर्न सकिन्छ । तसर्थ पशुपालनमा पनि उत्तिकै जोड दिनु जरुरी रहेको छ । 

यसलाई सहरतिर पनि लागु गर्न सकिन्छ । यहाँ ढलबाट मलमुत्र खेर पठाइरहेको अवस्थामा गोबरग्याँस जोड्न सक्ने हो भने ठूलै आर्थिक छलाङ मार्न सकिन्छ । 

यो परियोजनालाई मिसनकै रुपमा अगाडि बढाउन सक्न हो भने स्वरोजगार पनि बढ्ने छ । तर प्रधानमन्त्री ज्यूले उद्घाटन र शिलान्यासका नाममा राज्यकोष खर्च गर्नुभन्दा यसलाई बढावा दिनतिर लाग्ने हो कि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ