arrow

न्युक्लियर हतियारको कार्यक्रम नरोक्ने उत्तर कोरियाको संकेत

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
trump-kim21.jpg

एजेन्सी। संयुक्त राष्ट्रसंघका न्युक्लियर निरीक्षकहरुले अहिलेसम्म उत्तर कोरियाले आफ्नो न्युक्लियर कार्यक्रमको गतिविधिहरुमा कुनै रोक नलगाएको  बताएका छन्। इन्टरनेसनल अटोमिक इनर्जी एजेन्सी (आईएईए)ले एक विवरण सार्वजनिक गर्दै उत्तर कोरियाको न्युक्लियर हतियारको कार्यक्रम जारी रहनु चिन्ताको विषय रहेको बताएको छ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग आफ्नो वार्ताको संकेत दिएका छन्। उनले आफ्नो दोस्रो बैठक पनि सफल हुने बताएसँगै दुई नेताहरुको बीचमा पुनः वार्ता हुनसक्ने आकलन  गरिएको छ। 

आईएईएको यो विवरणले उत्तर कोरियाको साथै ट्रम्पको दाबीमाथि पनि प्रश्न चिन्ह खडा भएको छ। गत जुन १२ मा उत्तर कोरियन नेता किम जोन उन र ट्रम्पको बीचमा सिँगापुरमा भेटवार्ता भएको थियो। जतिबेला कोरियन प्रायद्वीपमा निशस्त्रीकरणको दाबी उनले गरेका थिए तर उनको दाबीअनुसारको कुनै काम हुन नसकेको पाइएको हो। 

यसअघि गएको महिनामा उत्तर कोरिया आफ्नो प्रतिबद्धता पूरा गर्ने दिशामा अघि नबढेको पाइएको थियो। सोमबार ट्रम्पले दिएको एक अन्तर्वार्ताको क्रममा उत्तर कोरियामाथि जति आशंका गरिएपनि उसले निशस्त्रीकरणका लागि केही महत्वपूर्ण कदम उठाएको बताएका थिए। 

ट्रम्पले उत्तर कोरियाको परमाणु परीक्षणलाई रोकेको पनि बताएका थिए। यस्तोमा आईएईएको विवरण प्रतिकूल हुनसक्ने बताइएको छ। उत्तर कोरियाले पनि केहीदिनअघि अमेरिकालाई निसाना बनाएको एक विज्ञप्ति जारी गरेको थियो। किम जोन उनले ‘शत्रुतापूर्ण शक्तिहरु’ नाकाबन्दी गरेर उत्तर कोरियाका जनताहरुलाई बर्बाद गर्ने दिशामा अघि बढिरहेको बताएका थिए। अमेरिकाले अहिलेसम्म उत्तर कोरियामाथिको प्रतिबन्ध  फुकुवा गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ