arrow

नेविसंघको संस्थापन र इतर पक्ष एकै मञ्चमा 

‘तपाईले चाहँदा अधिवेशन हुन्छ हाम्ले चाहँदा अधिवेशन हुँदैन’

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
nebi.jpg

काठमाडौं । लामो समयदेखिको तिक्तता मेट्ने गरी राजधानीमा नेपाल विद्यार्थी संघका संस्थापन र इतर पक्षका नेताहरु एकै ठाउँमा भेला भएका छन् ।

मंगलबार नेपाल बिद्यार्थी संघ, केन्द्रीय अपाङ्ग बिद्यार्थी समन्वय समितिको आयोजनामा भएको सम्मान कार्यक्रममा नेताहरु एकै ठाउँमा भेला भएका हुन् । 

कार्यक्रममा नेबिसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महर समुह तथा उनीसंगै अध्यक्षका प्रत्यासी मनोजमणि आचार्य समुह एउटै मञ्चमा देखिएका हुन् । अध्यक्षमा महर निर्वाचित भएसंगै यसअघि कुनै पनि मञ्चमा संँगै देखिएका थिएनन् । 

नेबिसंघमा अल्पसंख्यक तथा अपाङ्गता कोटामा निर्वाचित तथा नेपाल बिद्यार्थी संघ, केन्द्रीय अपाङ बिद्यार्थी समन्वय समितिकी संयोजक कल्पना खड्काले दुबै समूहलाई एउटै मञ्चमा ल्याएर एकअर्कोको कुरा सुन्ने वातावरण बनाएको भन्दै उनको प्रशंसा समेत भएको थियो । 

साथै नेबिसंघले अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेर रचनात्मक कामको थालनी गरेकोमा धन्यवाद समेत दिएका थिए । सो अवसरमा बोल्ने अधिकांश नेबिसंघका नेताहरुले बिधिवत रुपमा नेबिसंघको अधिवेशन हुनु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा बोल्दै नेबिसंघ अध्यक्ष नैनसिह महरले अधिवेशन गर्न लागि परेको तर सबै जनाको रचनात्मक सहयोग नपाएको गुनासो पोखेका थिए । 

उनले भने, ‘मेरो कार्यकालमा टिका लगाएर अध्यक्ष छान्ने काम हुँदैन ।  मेरै गुटको हार भए पनि म बिधिवत अधिवेशन गराएर नै छोड्छु ।’ 

अधिवेशन मिति घोषणा गर्दै जतिसक्दो चाडो अधिवेशन गर्न नेबिसंघ नेता मनोजमणि आचार्यले जोड दिएका थिए । बिधिवत अधिवेशन हुनेमा शंका ब्यक्त गर्दै अध्यक्षले अधिवेशन नगर्ने मनशाय राखेर बढेको आरोप समेत लगाए । आफ्नो भाषण सकाएर हतारहतार निस्कदै गरेका महरलाई मेरो कुरा सुन्नुस् भनेर रोक्दै आचार्यले ‘यो तपाईलाई ठूलो अवसर छ, त्यसैले तपाई जसरी पनि चुनाव गराउनुस तपाईले चाहँदा अधिवेशन हुन्छ हाम्ले चाहँदा अधिवेशन हुँदैन ।’

उनले अगाडि थपे, ‘तपाईको निर्वाचित कार्यकाल सकियो अब यो तीन महिनाभित्र चुनाव गराउनुस् जितेर आउनेलाई अगाडि बढ्न मद्धत गर्नुस्, ३२ वर्षे हदबन्दी पनि लगाउनु भएको छ यो कसका लागि हो तत्काल हटाउनुस् ।’

कार्यक्रममा नेबिसंघ पूर्व अध्यक्ष केशव सिंह, नेबिसंघ उपाध्यक्ष नबिन राई,  दिपक भट्टराई, बिकास थापा समेतले सम्बोधन गरेका थिए । लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठले अपाङगता भएका ब्यक्तिहरुलाई शिक्षा , स्वास्थ्य, रोजगारमा राज्यले बिशेष पहल गर्नु पर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ