arrow

बलुहवालाई पुर्ण भर्ना र वालविवाह मुक्त घोषणा गरिदै

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ भदौ ६ बुधबार
kapilbastu_district_map.png

कपिलवस्तु । साविक वलुहवा गाविस मायादेवी गाउंपालिका वडा नं ५ लाई पुर्ण भर्ना तथा वालविवाह मुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

विद्यालय भर्ना उमेर समुहका सबै वालवालिका विद्यालयमा भर्ना भएका तथा वाल विवाह गर्न नदिन सचेतना तथा कानुनी कुरा  सबै घरदैलौमा पुगेकोले घोषणा गर्न लागीएको वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले बताए ।

वडामा बसेको  सरेकार वाला र सर्वपक्षीय बैठकले वडालाई यही भाद्र ९ गते शनीवारका दिने पुर्ण भर्ना र वालविवाह मुक्त घोषणा गरिने निर्णय भएको गाउंपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताए ।

 सेभ द चिल्डेन लुम्विनी एकिकृत विकास संस्था वडा कार्यालय, वाल क्लव तथा स्थानीय समुहहरुको प्रयासमा घोषणा गर्नको लागी आवश्यक सूचक पुरा गरेकोले वडा लाई पुर्ण भर्ना र वालविवाह मुक्त घोषणा गरिन लागेको स्रोत व्याक्ती रमेश पाण्डेयले बताए ।

 घोषण साथै शिक्षा र स्वास्थ्यमा परिवर्तन भई थप शिक्षामा लगानी र सचेतनाका कार्यक्रमहरु बुद्धि हुने  समेत बैठकले निष्कर्ष निकालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ