arrow

मुम्बईको १८ तलाकाे भवनमा आगलागी, ४ को मृत्यु

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
india_fire.jpg

काठमाडौं । मुम्बईको परेल इलाकाको १८ तलाको भवनको १२ औं तलामा बुधबार बिहान भएको आगलागीबाट ४ जनाको ज्यान गएको छ । 

मृत्यु हुनेमा १ महिला र ३ पुरुषहरु रहेका छन् । आगलागीको घाइते भएका १६ जना मनिसहरुलाई अस्पतालमा भर्ना गरिएको छ । साथै भवनमा फसेका ३५ जना मनिसहरुलाई क्रेनको सहयोगमा उद्धार गरिएको छ ।
 
आग्नि नियन्त्रण विभागका एक अधिकारीले बताएअनुसार १२ औं तलामा लागेको यो आगलागीको कारण माथिल्लो तलामा रहेका मानिसहरु प्रभावित बनेका थिए । आगो लिफ्टको हिस्सामा बढी लागेको पाइएको छ । बिजुलीको तार सर्ट भएर यो आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

उक्त भवनको १७ तलामा मानिसहरु बस्ने गरेको र एक तला पार्किङ रहेको बताइएको छ । अधिकारीहरुकाअनुसार भवनमा आगो लागेको खण्डमा आगो निभाउने व्यवस्था नरहेको कारण यो समस्या आएको हो । 

विभागले यसको लागि  मुद्दा दायर गर्ने, भवनलाई असुरक्षित घोषणा गर्ने र बिजुली र पानीको सुविधा कटौती गरिने बताएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ