arrow

संघ र प्रदेशको क्षेत्राधिकारले सार्वजनिक बिदा चेपुवामा

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार

काठमाडौं ।  मुस्लिम धर्माबलम्बीको पर्व ईद उल फित्रको अबसर पारेर आज प्रदेश १ र प्रदेश ५ सरकारले सार्वजनिक बिदा दिए । प्रदेश २ सरकारले पनि आजका सार्वजनिक बिदाको घोषणा गर्‍यो ।  तर सार्वजनिक बिदाकै दिन पनि केही कार्यालय खुलेपछि सेवाग्राही अन्यौलमा परे ।

 केही सरकारी कार्यालय नियमित झैं खुलेपछि सेवाग्राही अन्यौलमा परेका हुन् । प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेपनि, प्रदेश नम्बर १ का सबै १४ जिल्लाका सीडीओ कार्यालय र नेपाल राष्ट्र बैंकका कार्यालय खुलेका छन् ।

 भोजपुरकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले आफुहरु प्रदेश १ अन्तर्गत पर्ने भएपनि, संघको मातहतमा रहेको कार्यालय भएकोले नियमित रुपमा काम भइरहेको जानकारी दिइन् ।

 त्यस्तै प्रदेश २ र प्रदेश ५ मा पनि यी कार्यालय खुलेका छन् । त्यस्तै कृषि, पशु, भन्सार लगायतका सरकारी कार्यालय पनि खुलेपछि, मुस्लिम अगुवाहरुले बिना अर्थको सार्वजनिक बिदा भन्दै आपत्ति जनाएका छन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ