नेकपा निकट प्राध्यापक तेज विक्रमले देखाए सत्ताको तुजुक, प्राध्यापक यज्ञ प्रसादमाथि दुर्व्यवहार
प्रकाशित २०७५ भदौ ६ बुधबार
390
Shares
काठमाडौं । सत्तारुढ नेकपा निकट प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष तेज विक्रम बस्नेतले सत्ताको तुजुक देखाएका छन् । उनले प्राध्यापक यज्ञ प्रसाद उपाध्यायमाथि माथि दुर्व्यवहार गरेका छन् ।
मध्य पश्चिमाञ्चल विश्वविद्यालयका प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष बस्नेतले प्राज्ञिक मर्यादा उल्लंघन गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य यज्ञप्रसाद उपाध्याय माथि दुर्व्यवहार गरेका हुन् । सो दुव्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघले भत्सर्ना गरेको छ ।
बुधबार संघका महासचिव राजेन्द्र गौतम, सचिव द्वय जनकरत्न मल्ल र डा.बिष्णुप्रसाद पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेका हुन् ।