हेमानन्दलाई शंकराचार्य घोषणा गर्ने कार्यक्रममा डोलेश्वर मन्दिरले झिक्यो हात, सुरक्षाका लागि प्रशासनलाई पत्राचार
प्रकाशित २०७५ भदौ ६ बुधबार
424
Shares
काठमाडौं । हेमानन्द गिरीलाई शंकराचार्य घोषणा गर्ने कार्यक्रममा केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले हात झिकेको छ ।
समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले एक विज्ञप्ति जारी गरि विवादित कार्यक्रममा समितिको कुनै संलग्नता नरहेको तथा औपचारिक कार्यक्रम गर्न समितिको अनुमति नरहेको जनाएका छन् ।
शंकराचार्य घोषणा कार्यक्रमलाई नेपालका हिन्दू जागरण नेपाल, विश्व हिन्दू युवा संघ, नेपाल सन्त समाज लगायत धार्मीक संघ सस्था र हिन्दू धर्मका विद्वानबाट विरोध भएको हुदा समितिले मन्दिर परिसरमा सो कार्यक्रमका लागि सुरक्षाका दिन नसक्ने समेत जनाएको छ ।
सो कार्यक्रम गर्न मन्दिर परिसर उपलब्ध गराउन नसक्ने जानकारी सहितको पत्र कार्यक्रम संयोजक अष्टकुमार कबेलाई दिन खोज्दा नलिइएका कारण समितिले अप्रिय स्थिति नहोस भन्नका लागि जिल्ला प्रशासन कार्यलय भक्तपुरलाई पत्रचार गरेको समेत बस्नेतको विज्ञप्तिमा उल्लेख छ ।