arrow

धनकुटाका कांग्रेस नेता तथा समाजसेवी प्रधानको निधन

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
dhankuta-congress1.jpg

 धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकाका समाजसेवी तथा नेपाली कांग्रेस धनकुटाका सक्रिय सदस्य व्यवसायी शुक्र वहादुर प्रधानको गए राती निधन भएको हो । उनको पार्थिव शरिरमा कांग्रेसले  चारतारे झण्डा ओढाई सम्मानका साथ आन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ ।

 वरिष्ठ  समाजसेवी तथा नेपाली कांग्रेसका सक्रिय सदस्य स्वर्गीय शुक्र वहादुर प्रधानको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ्ग,धनकुटा नगरसभापति रोशन श्रेष्ठ,पाख्रिवास नगर सभापति कोपिन मानन्धर लागयतले कांग्रेसको चारतारे झण्डा ओढाएर उनिप्रति सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

 वरिष्ठ समाजसेवी तथा व्यापारी स्वर्गीय प्रधानको योगदान र जिवनीको वारेमा धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका कार्यालय प्रमुख जयन्द्र प्रधानले गरेका थिए । अन्त्यष्टि  कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु परिवारजन,आफन्तजन, पाख्रिवास ,हिले तथा धनकुटा बजारवासीहरुको उपस्थिति रहेको थियो ।

 वि.सं १९९६ सालमा धनकुटा ५ मा जन्मिका प्रधानको ७९ बर्षको उमेरमा श्वास प्रश्वास रोगको कारण धरान स्थित वी पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय प्रधानको एक श्रीमती चार छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ