arrow

कांग्रेसले भरत शमशेरलाई सम्मान दिएन : हिमालय शमशेर

‘वीपी प्रधानमन्त्री र भरत शमशेर प्रमुख विपक्षी नेता हुँदा १८ महिनाको अवधिमा जम्मा २ घण्टा मात्रै संसद रोकियो’ 

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
himalaye.jpg

काठमाडौं । कांग्रेसका शीर्ष र अन्य पाका नेताहरुले भरत शमशेरलाई सम्झिएका छन् । पार्टीका पूर्वकेन्द्रीय सदस्य भरतशमशेर राणाको तेह्रौं पूण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा कांग्रेस नेता तथा भरत शमशेरसँग संगत गरेका अन्य दलका नेताले सम्झिएका हुन् ।

कांग्रेस नेता समेत रहेका हिमालय शमशेर जबराले भरत शमशेरलाई कांग्रेसले विर्सिएको गुनासो गरे । उनले भने, ‘सवर्ण समशेरलाई कांग्रेसले महत्व दियो तर, भरत शमशेरलाई दिएन । भरत समशेरको श्रद्धाञ्जली सभा मात्रै गरियो । यो उनको योगदानका लागि केही पनि होईन ।’ उनले भरत तिक्ष्ण वुद्धि भएको नेता थिए, भने । कांग्रेससँग पार्टी एकीकरण भएपछि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट राणाले कांग्रेस एउटा भीडजस्तो मात्रै लागेकैले भरत शमशेरले सक्रिय राजनीति छाडेको बताए । भरत शमशेरको गएको साउन २५ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।

तत्कालीन गोरखा परिषदका संसदीय दलका नेता भरत शमशेर २०१५ सालमा धादिङबाट निर्वाचित भएका थिए । उनी नेपालको पहिलो संसदमा प्रमुख प्रतिपक्षी दलको नेता थिए । २०१७ को प्रतिगामी कदमसँगै वीपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि त्यो घटनाको विरुद्धमा उभिँदै राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त कांग्रेसमा विलय गराए ।

राणाले २०३६ सालको जनमत संग्रह र २०४६ मा भएको प्रजातन्त्रको पुनःवहाली  र निर्वाचनमा निर्वाह गरेको भूमिकालाई नेताहरुले सम्झिए ।  भरत शमशेरका कान्छा भाइ सागर शमशेरले आफ्नो दाजुका बारेमा  अफवाह फैलाइएको बताए । उनले भने, ‘भरत शमशेरले वीपीलाई मार्न षडयन्त्र गरेको भन्ने आरोप लाग्यो । तर, भरत शमशेरको त्यसमा कुनै हात थिएन । वीपीले लेखेको किताबले नै पुष्टि गरेको छ ।’

सागर शमशेरले भरत शमशेर प्रमुख प्रतिपक्षी दलको नेता भएका बेला पहिलोपटक उदाहरणीय संसदीय अभ्यास गरिएको दावी गरे । उनले भने,  ‘२०१५ सालमा निर्वाचन भएपछि चलेको १८ महिने संसदीय अभ्यास भारतमा जवाहरलाल नेहरुले गरेको संसदीय अभ्यास भन्दा कुनै दृष्टिले कम थिएन । भरत शमशेरमा प्रतिपक्षी नेतामा हुनुपर्ने सबै गुण थियो ।’ उनले त्यो बेला १८ महिनाको अवधिमा जम्मा एक पटक २ घण्टामात्रै संसद अवराेध भएकाे स्मरण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ