इरानको शासन सत्ता परिवर्तन गर्ने अमेरिकाको नीति छैन : बोल्टोन
प्रकाशित २०७५ भदौ ६ बुधबार
453
Shares
जेरुसेलम। सिरियाको इद्लिब प्रान्त पुनः सरकारले कब्जामा लिनका लागि रासायनिक हतियार प्रयोग गरेको पुष्टि भएमा अमेरिकाले कडा प्रतिक्रिया जनाउने सङ्केत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारले बुधबार सिरियाली राष्ट्रपति बसर अल असादको सरकारलाई यस्तो सङ्केत गरेको समाचारमा जनाइएको छ।
सिरियामा रासायनिक हातहतियार आपूर्ति गर्न इरानको हात रहेको अमेरिकाले बारम्बार आरोप लगाउँदै आएको छ। जेरुसेलमको भ्रमणमा रहेका सुरक्षा सल्लाहकार जोन बोल्टोनले पत्रकार सम्मेलनका क्रममा सो कुरा बताएका हुन्।
इरानको शासन सत्ता परिवर्तन गर्ने अमेरिकी नीति नभएको बोल्टोनले स्पष्ट पारेका छन्। तर इरानले आफ्नो शासन सत्ताको व्यवहारमा भने आमूल परिर्वतन गर्नुपर्ने उनको भनाई छ। एएफपी