arrow

प्रमोद रिजाल अर्थात नीचताको अर्को नाम

रिजालले पत्रकार कमला हमाललाई लेखेको कमेण्ट उल्लेख गर्न पनि नमिल्ने खालको

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
Pramod-Rijal.jpg

काठमाडौं। पत्रकार कमला हमालमाथी स्थानिय पत्रकार प्रमोद रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘बलात्कारको आशयसहित’ स्थानिय महिला पत्रकारलाई अपशब्द प्रयोग गरेका छन्। हमालले लेखेको स्टाटसमा कमेन्ट गर्दै बाँके, कोहलपुरका प्रमोद रिजालले यहाँ उल्लेख पनि गर्न नसकिने शब्द प्रयोग गरेका छन्। 

दैनिक नेपालगन्ज पत्रिकाको कोहलपुर संवाददाता समेत रहेका रिजालले आफ्नो फेसबुक स्टाट्समा अश्लिल शब्द प्रयोग गरी कमेन्ट गरेको र त्यसपश्चात सम्झाउँदा झन् म्यासेन्जरमा पनि विभिन्न अश्लिल शब्द बोलेको पीडित हमालले बताएकी छन्।

रिजालले फेसबुक र म्यासेन्जरमा लेखेका अश्लिल शब्द सामाजिक सञ्जालमा समेत भाईरल भईरहेको छ। नेकपा निकट पत्रकार संगठनमा समेत रहेका रिजालले राजनीतिक पकडका आधारमा डेढ वर्षअघि पत्रकार महासंघ बाँके शाखाको सदस्यता लिएका थिए। त्यसयता नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जमा आवद्ध रहँदै आएका छन्। रिजालले यसअघि पनि महिलाहरुमाथी पटक–पटक अश्लिल शब्द प्रयोग गर्ने गरेको खुलेको छ। रिजालमाथी कानुनी कारबाही गर्नुपर्ने चौतर्फी रुपमा दवाव बढेको छ। सामाजिक सञ्जालमार्फत पनि उनीलाई कारबाहीको माग गरिएको छ ।

पत्रकार महिलाहरुले प्रमोद रिजाल नीचताको अर्को नाम भएकोले उनलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने बताएका छन्। हाल काठमाडौंमा रहेकी पीडित हमाल न्याय प्राप्तिका लागि सम्बन्धित निकायमा उजुरी गर्ने तयारीमा छिन्। हमाल हाल पत्रकारिता विषयमा स्नातकोत्तर तह अध्ययनका लागि काठमाडौंमा छिन्।

कानुन ब्यवसायी, अधिकारकर्मी, अग्रज पत्रकार लगायतसँग परामर्श लिएर कानुनी बाटो अबलम्वन गर्ने मनस्थितीमा पुगेको हमालले बताएकी छन्। ‘जब फेसबुकमा मेरो स्टाटसमाथी अश्लिल शब्द प्रयोग गरि कमेन्ट गरियो, त्यसले मेरो भावनामा गहिरो चोट पुर्‍यायो, मैले धेरै पीडा र अन्यायमा परेको महसुस गरेकी छु,’ हमालले भनिन् ‘ मलाई न्याय दिनुपर्यो। ’

न्यायका लागि बुधबार राष्ट्रिय महिला आयोग लगायत निकायसँग परामर्श लिएको उनले बताईन् । पत्रकार हमालमाथी भएको उक्त घटनाको पत्रकारका विभिन्न संघ, संगठनले निन्दा एवम् घोर भत्सर्ना गरेका छन् ।

पत्रकार महासंघ बाँकेको आकस्मिक बैठकले बुधबार महासंघका साधारण सदस्य रिजालको सदस्यता निलम्वनको सिफारिस गरेको छ।

‘शाखाका साधारण सदस्य कमला हमालको सामाजिक सञ्जाल फेसबुक स्टाटसमा महासंघकै साधारण सदस्य रिजालले असभ्य, अश्लिल गालीगलौज गरी लेखिएको कमेन्टमा नेपाल पत्रकार महासंघ बाँकेको गम्भिर ध्यानआर्कषण भएको छ, निजले लेखेको कमेन्टले हमालको भावनामा चोट पुर्याएको तथा पत्रकार आचारसंहिता बिपरितको कार्य भएको ठहर गर्दै नीज रिजाललाई नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट निलम्बनका लागी नेपाल पत्रकार महासंघ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय गरिएको छ,’ सचिव तिलक गाउँलेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले हमालमाथि भएको मनोवैज्ञानिक आक्रमण र अश्लिल टिप्पणी नीचताको पराकाष्ठा भएको उल्लेख गर्दै रिजाल नीचताको अर्को नाम भएको बताए। शिवाकोटीले सार्वजनिक रुपमा महिलामाथि अश्लिल टिप्पणी गर्ने रिजाल जस्ता आपराधिश मानसिकता भएकाहरुलाई कार्वाहीको दायरामा ल्याउन प्रहरी प्रसासनसँग माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ