arrow

नयाँगाउँमा सचेतनासहितको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

logo
आचार्य प्रदीप
प्रकाशित २०७५ भदौ ७ बिहिबार
butwal-sub-metro.jpg

बुटवल । बुटवल उप–महानगरपालिका वडा नं. १२, नयाँगाउँ मिलनपार्क टोलमा सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र सुभारम्भ गरेको छ । पूर्वाधार विकास, प्रविधि तथा उपकरणको विस्तार र स्वास्थ्य सेवा विस्तारको कार्यक्रमलाई उपमहानगरले एकसाथ सुरु गरेको छ । 

एक तले भवनमा अर्को तला थपेर अत्याधुनिक प्रविधिको ल्याबसहितको स्वास्थ्य सुविधा उपलव्ध गराउने गरी सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याइएको छ । 
बुधबार साँझ एक समारोहका बीच उक्त स्वास्थ्य प्रवद्र्धन केन्द्रको शुभारम्भ गर्दै उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जनस्वास्थ्यको संवेदनशिलताका विषयमा आफुहरु गम्भीर रहेको प्रतिबद्धता बताएका थिए ।  

उनले उपचार सेवा मात्रै होइन, स्वास्थ्य सचेतना र निरोगिताका उपायहरुका बारेमा पनि सेवा प्रवाह गर्नेगरी यस्तो केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले भने –‘ भरपर्दो र प्रभावकारी स्वास्थ्य संस्थाका रुपमा समुदायको मन जितेर काम गर्न पर्छ हामीले ।’

उक्त केन्द्रमा बहिरंग सेवा, आयुर्वेद सेवा, वातावरणीय स्वास्थ्य प्रवद्र्धन, नसर्ने रोगहरुको व्यवस्थापन, ल्याब सेवा, स्वास्थ्य शिक्षा प्रवद्र्धन, मातृ तथा शिशु स्वास्थ्य सेवा र प्रेषणासहितका सेवाहरु उपलव्ध हुनेछन् । 

डा राजिव केसीको नेतृत्वमा स्वास्थ्यकर्मीहरुसहित १० जनाले यहाँ नियमित स्वास्थ्य सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको छ । सोही अवसरमा उपप्रमुख गुमादेवी आचार्यले समुदायलाई सहज र सुलभ स्वास्थ्य सुविधा उपलव्ध गराउने गरी सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याइएको हो । 

स्वास्थ्य चौकीमा प्राथमिक उपचारका साथै विभिन्न प्रकारको प्राथमिक ल्याब परीक्षणको समेत सुविधा सुरु भएपछि खुशी लागेको स्थानीय अगुवा गुरुप्रसाद शर्माले बताए ।  
उक्त स्वास्थ्य चौकीमा अल्ट्रा साउण्ड, एक्सरे सुविधानसहित, हेमो ग्लोबिन, रक्त समूह, सीबीसी, सुगर, यूरिक एसिड, पाचन प्रक्रियाको अवस्था (बिलीरुविन), (इन्जाइमको अवस्था) क्रिटीनाइन, यूरिया, लिपिड प्रोफाइल, आरए फ्याक्टर, एचबीएकएजी, (रक्तकोषको गणना) को परीक्षण गर्ने व्यवस्था छ । यस्तै एएनसी प्याकेज, वीडल, यूरिन आरई÷एमई, स्टूल आरई–एमइ, गर्भवती जाँच, (रगलजन्य रोगको परीक्षण) भीडीआरएल,(यौनरोग) टीपीएचए, क्षयरोग (एएफबी) र मलेरियासम्बन्धी परीक्षण हुने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा.रमेश केसीले जानकारी दिए ।  

बुटवल उपमहानगरले एकीकृत जनस्वास्थ्य अभियानअन्तर्गत वडाका टोलहरुमा निःशुल्क स्वास्थ्य शिविर, र ज्येष्ठ नागरिकहरुका लागि घरमै पुगेर स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको उपप्रमुख आचार्यले बताईन् । 

वातावरणीय प्रदूषण, प्रदूषित पानी, खाद्य तत्वमा अखाद्य तत्वको मिसावट एवम् तरकारीमा राखिएको विषादिको कारण विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखिएका गुनासाहरु आएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

‘गाउँमा सानातिना खालका स्वास्थ्य समस्या त्यतिकै दबाएर बस्ने चलन छ,’ उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीको भनाइ छ । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्दै एकीकृत जनस्वास्थ्य अभियानलाई प्रभावकारी बनाउन लागिएको उनले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ