arrow

कांग्रेस पदाधिकारी बैठकले एजेन्डा तय गर्दै, शुक्रबार महासमिति तयारी समितिहरु बन्ने

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक अहिले बस्दैछ । पदाधिकारी बैठक बिहिबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्दै गरेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पदाधिकारी बैठकले शुक्रबार बिहान ११ बजे पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नेछ । पदाधिकारी बैठकमा समसामयिक विषयमा कुराकानी हुने भनिए पनि महासमिति बैठकका लागि नै केन्द्रीत भएर एजेन्डा लैजाने स्रोतले बताएको छ । 

मुख्य सचिव पौडेलका अनुसार शुक्रबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकका लार्गि तयारी समितिहरु बन्नेछन् । मिति नै भने घोषणा हुने छैन । 

पार्टीमा महासमिति बैठक बोलाउन सभापति इतरको पक्षले जोड दिइरहेको छ । तर सभापति पक्षले भने त्यसलाई केही लम्ब्याउन खोजेको आरोप लगाइएको छ । 

भदौको मसान्तभित्र महासमिति बैठक बस्ने पहिले सहमति भए पनि अहिलेसम्म मस्यौदा समिति बन्न नसकेको अवस्थामा महासमिति बैठक चाडबाड सकाएर छठपछि नै गर्ने गरी टुंगो लगाउने तयारी भइरहेको स्रोत बताउँछ । 

मस्यौदा समिति बनिसकेपछि सुझाव लिन केही समय लाग्ने नै छ । जसका कारण महासमिति बैठक समयमै नबस्ने स्रोतको भनाइ छ । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऎनको स्वामित्व र विमतिको पाटो लगायत कर आतंकका विषयमा छलफल केन्द्रीत हुनेछ । 

डा महतका अनुसार केन्द्रीय सदस्यहरुले पनि खुलेर आफ्ना विचारहरु राख्ने भएकाले यो बैठक उपलब्धीमुलक हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ