arrow

ठडियो एक लाख चैत्य भएको मङ्गल बहुद्वार 

पुनःनिर्माणमा ५६ लाख खर्च 

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
chaiye.JPG

काठमाडौं । विश्व सम्पदास्थल स्वयम्भूमा रहेको मङ्गल बहुद्वार चैत्यको पुनःनिर्माण अर्थात् पुनःस्थापना भएको छ । भारत र नेपालमा व्यापार गर्दै गरेका हर्षरत्न ताम्राकारले आफना बुबा धर्मसिंहको नाममा नेपालसम्बत ९९५ मा निर्माण गरिएको यो चैत्य २०७२ को भुकम्पले क्षति पुगेको थियो ।

विहिबार जीवन्यास पूजाको आयोजना गरि स्थानीय पुजारीहरुले गजूर प्रतिस्थापन गरिनुका साथै हारति माता, स्वयम्भू तथा शान्तिपुरमा क्षमा पूजासमेत गरिएको छ । २०७२ को भूकम्पमा पूर्ण रुपले ध्वस्त भएको यो चैत्यको पुनःनिर्माण सम्पन्न हुन एक बर्ष लागे पनि बिहिबारका दिन जीवन्यास पुजा गरी बिधिबत रुपमा चैत्यमा प्राण प्रतिस्थापन गरिएको हो ।

यो चैत्य निर्माण गर्दा करीब ५६ लाख रुपैया खर्च लागेको युनेस्कोका परियोजना संयोजक नभा वस्न्यात थापाले बताए । पुनःनिर्माणका क्रममा यो मन्दिरमा चढाइएका पवित्र वस्तुहरु तथा थुप्रै मूर्तिहरु  बाहिर    निस्केका थिए । 

युनेस्को, पुरातत्वविभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासंघ, पूजारीसमुदाय, बुद्धाचार्यहरु र त्रिभुवन विश्वविद्यालयका स्वयसेवक विद्यार्थीहरुको सहकार्य एवं चीनको हाइनान प्रोभिन्स छ्हाङ फाउण्डेसन र ह्वयिङतोङ फाउण्डेसनको आर्थिक सहयोगमा चैत्यको उत्खनन गरी त्यसको पुननिर्माण गरिनुकासाथै यहाँका कलाकृतिहरुको संरक्षण गरिएको छ ।

एक लाख भन्दा बढी स साना माटाका चैत्य उत्खनन
चैत्य    उत्खननका    क्रममा    एक लाख भन्दा बढी ससानामाटाका चैत्य, ३६५वटा सिक्का, रत्न, कँ“स र तामाबाट    बनेका चैत्यहरु, धातुबाट बनेका मूर्तिहरु, चैत्यमा टाँसिएका सुनका टुक्राहरु र तामाको अस्तु पात्रको बिर्कोमा कुँदिएको अभिलेख लगायत दुर्लभ र मूल्यवान कलाकृतिहरु फेला परे ।  

दुईवटा हराएका मुर्तिका स्थानमा नया मूर्ति  थिए  । भुकम्पका बेला चैत्य भत्किदा अगाडीका दुईवटा मूर्ति हराएका थिए । ति हराएका मुर्तिका स्थानमा नया मूर्ति राखिएका छन । तिनीहरुलाई व्यवस्थितरुपले सूचिकरण समेत गरिएको छ ।

चैत्य उत्खननका क्रममा तामाको भाडाको बिर्को पेला परेको थियो जसमा चैत्य निर्माण गर्ने व्यक्ति, निर्माण गरेको मिति, चैत्य बनाउनुको उद्देश्य, साथै एउटा चेतावनी समेत उल्लेख गरिएको  युनेस्कोका  थापाले बताए ।

त्यसमा  भविष्यमा चैत्यको पुननिर्माण गर्नुपर्ने भएमापहिलेकै जसरी गरिनु पर्ने, र त्यसो नगरेमा उनलाई देवीदेवताहरुले श्राप दिनेछ  भनि उल्लेख भएको  छ । त्यसैकारण, पुननिर्माणका क्रममा यी कला कृतिहरुलाई चैत्यभित्र उनीहरुको  पहिलेकै स्थानमा सावधानी पूर्वक पुनस्थापना गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ