arrow

भेनेजुयलाकाे आर्थिक संकट : बच्चा जन्माउन छिमेकी मुलुक पलायन हुनुपर्ने बाध्यता 

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
venezualea1.jpg

काठमाडौं । भेनेजुयलाको आर्थिक संकटको कारण गर्भवती महिलाहरु प्रभावित भएका छन् । उनीहरु बच्चा जन्माउनका लागि छिमेकी मुलुक ब्राजिल पलायन हुन बाध्य भएका हुन् । 

भेनेजुयलामा गर्भावस्थामा प्रयोग हुने आवश्यक चीजहरु औषधि तथा डाइपरको कर्मीको कारण महिलाहरु ब्राजिल पलायन भइरहेका हुन् । ब्राजिलमा अहिले प्रतिदिन भेनेजुयलाका तीन बच्चाहरुको जन्म भइरहेको छ । 

ब्राजिलमा आएर आफ्नो बच्चाको जन्म दिने एक आमा हुन् – मारिया टेरेसा लोपेज । उनले सोमबार ब्राजिलको सीमाक्षेत्रमा एक बच्चाको जन्म दिएकी हुन् । उनले आफू भेनेजुयलामा रोकिएको भए आफ्नो बच्चाको ज्यान जाने खतरा रहेको बताइन् । “त्यहाँ न खानेकुरा छ , न औषधि छ न डक्टर”, उनले भनिन् । 

लोपेन पाँच महिना पहिले आफ्नो घरदेखि ८ सय किलोमिटरको यात्रा गरेर ब्राजिल पुगेकी थिइन् । उनको जस्तै समस्या रहेका भेनेजुयलामा सयौं महिलाहरु छन् । भेनेजुयलाको संकटको कारण ब्राजिलको रेराइ राज्यको भार बढेको छ । त्यहाँ अपराध, देह व्यापार र बिरामीको संख्यामा वृद्धि भएको छ । 

रेराइका गभर्नरले ब्राजिलको सर्वोच्च अदालतमा सीमा बन्द गरेर शरणार्थी समस्याबाट पार पाउनका लागि आग्रह गरेका थिए तर मानवीयताको आधार देखाउँदै अदालतले उक्त आग्रह अस्वीकार गरेको थियो ।

ब्राजिलको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार ब्राजिलमा अहिले प्रतिदिन ८ सय मानिसहरु भेनेजुयलाबाट आइरहेका छन् । उनीहरुका बच्चाहरुलाई स्वास्थ्य सेवाको जरुरी रहेको विभागले बताएको छ । ररोइमाको एक अस्पतालमा गत वर्ष ५६६ बच्चाहरुको जन्म भएको थियो तर २०१८ को सुरुवाती छ महिनामा ५७१ बच्चाहरु जन्मिसकेका छन् । 

सन् २०१६ मा यो संख्या २८८ रहेको थियो जतिबेलाबाट भेनेजुयलाका मानिसहरुले ब्राजिलमा शरण लिन सुरु गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ