arrow

बेरोजगारीलाई आईएससँग जोडेपछि विवादमा तानिए राहुल गान्धी

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
rahul1.jpg

काठमाडौं । भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी जर्मनीको हेम्वर्गमा दिएको एक भाषणको कारण विवादमा तानिएका छन् । उनले आफ्नो भाषणको क्रममा बेरोजारीलाई आईएससँग जोडेको भन्दै भारतीय जनता पार्टीले आपत्ति प्रकट गरेको हो । 

यसअघि राहुल गान्धीले मोदी सरकारको आलोचना गर्दै विकास प्रक्रियाबाट आदिवासी, दलित र अल्पसंख्यकहरुलाई बाहिर राख्ने काम भइरहेको र यसको परिणाम भयानक हुनसक्ने चेतावनी दिएका थिए । 

विहीबार भारतीय जनता पार्टी (बीजेपी)ले पत्रकार सम्मेलन गर्दै राहुल गान्धीमाथि प्रहार गरेको हो । पार्टीका पवक्ता संबित पात्राले कांग्रेस अध्यक्षको वक्तव्यमा आईएसको स्थापना सही ठहर्‍याउने प्रयास भएको भन्दै यसबाट आफूहरु भयभीत रहेको बताए । 

उनले यदि मोदीले कुनै भिजन ल्याउन नसकेको खण्डमा अर्को कुनै आईएसले यो काम गरिदिने अभिव्यक्ति दिएकोप्रति लक्षित गर्दै उनले गान्धी प्रधानमन्त्रीको उम्मेदवार हो भन्नेमा पनि विश्वास गर्न गाह्रो भएको बताए । 

बीजेपीका प्रवक्ताले हेम्वर्गमा भएको कार्यक्रममा २३ मुलुकका प्रतिनिधिहरुको बीचमा आईएसको स्थापनालाई सही साबित गर्न खोज्नु पनि लज्जाको विषय रहेको बताए । 

गान्धीले सिरियामा बेरोजगारीको कारण आईएसको सिर्जना भएको र भारतमा पनि मोदी सरकारले कुनै योजना ल्यान नसकेको अवस्थामा अर्को आईएस जन्मिनसक्ने बताएका थिए । बीजेपीका प्रवक्ता पात्राले प्रतिप्रश्न गर्दै भने, “देशमा पछिल्लो ७० वर्षदेखि तपाइँकै परिवारको सरकार थियो, उनीहरुले के भिजन दिए ?” 

पात्राले गान्धीले गरेको गल्तीको लागि उनले पूरै देशसँग माफी माग्नुपर्ने बताए । 

अहिले राहुल गान्धी बेलायत र जर्मनीको भारदिने भ्रमणको क्रममा छन् । उनले हेम्वर्गको एक स्कुलमा भएको कार्यक्रमको क्रममा बोल्दै उनले भारतका सबै मानिसहरुलाई रोजगारी मिल्छ भने जनसंख्या कुनै समस्या नरहेको बताए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ