त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट, एकको मृत्यु
प्रकाशित २०७५ भदौ ७ बिहिबार
740
Shares
मिद्नापोर, पश्चिम बङ्गाल। भारतको पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ। विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई गम्भीर घाइते भएका छन्।
घटनामा ज्यान गुमाएका र घाइते व्यक्तिहरुको तत्काल परिचय भने खुलेको छैन। स्थानीय समयानुसार बिहीबार बिहान १० बजे भएको यस घटनामा घाइते भएका व्यक्तिहरुलाई सोही इलाकामा रहेको अस्पतालमा भर्ना गरिएको छ।
पार्टी कार्यालयमा घरेलु बम पड्काइएको हो वा ग्यास सिलिण्डरविस्फोट भएको हो स्पष्ट हुन सकेको छैन। पिटिआइ