arrow

भक्तपुर कांग्रेसको उपसभापतिमा नेपाल मनोनीत

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
nc-flag.jpg.jpeg

भक्तपुर ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको उपसभापतिमा हरिप्रसाद नेपाल मनोनीत भएका छन् ।  

कार्यसमितिको बिहिबार सम्पन्न १६ औँ बैठकले निर्वाचित जिल्ला सदस्य नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकले समितिको सचिवमा निशान ढुङ्गेल र सहसचिवमा किरण न्यौपानेको नाम सर्वसम्मत अनुमोदन गरेको नवनियुक्त सहसचिव न्यौपानेले जानकारी दिए । जिल्ला सभापति दुर्लभ थापाले ती नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

जिल्ला सभापति थापाले दिलकृण्ण प्रजापति, गजेन्द्रशङ्कर तिमिला र विनोदप्रसाद कुइँकेललाई जिल्ला सदस्यमा मनोनयन गरेका थिए  । यसअघि रवीन्द्र प्रधान, सुशील बस्नेत र दयामान कर्माचार्य जिल्ला सदस्य भएका थिए  ।

 सभापति थापाले महासमिति सदस्य गणेशमान चक्रधर, बाबुराजा जोशी, रामेश्वरप्रसाद ढुङ्गेल, मदनकृष्ण श्रेष्ठ, रजनी जोन्छेंलगायतलाई स्थायी आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ