arrow

नेविसंघका नेता कार्कीको हत्याप्रति कांग्रेस आक्रोशित, छानबिनका लागि गर्‍यो माग

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
santosh_karki.jpg

काठमाडौं । नेविसंघका नेता सन्तोष कार्कीको अपरिचित अज्ञात समूहले घरैमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रति  नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

कांग्रेसले बिहिबार एक विज्ञप्ति जारी गर्दै  ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका वडा नं. ३, हर्कपुर स्थित आफ्नै निवासमा बसिरहेका नेपाल विद्यार्थी संघका सक्रिय सदस्य सन्तोष कार्कीलाई भाद्र ५ गते दिउँसो सुनियोजित तवरमा आएका अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी विभत्स र निर्मम तवरले हत्या गरेको घटनाप्रति आक्रोश व्यक्त गरेको हो ।

कांग्रेसले सो  घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी छिटो भन्दा छिटो हत्यामा संलग्न अपराधिलाई पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न सरकारसंगमाग गरेको छ ।

 मंगलबार साँझ घरका कोही सदस्य नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो । छिमेकीहरुलाई ‘सन्तोष कार्कीको घर कहा हो ? भनेर  एक अपरिचित व्यक्तिले सोध्दै आएकोले उसैको साथी होला भनेर छिमेकीहरुले घर देखाइदिएका थिए ।

हत्याराले प्रयोग गरेको छुरी र रगत लागेका सर्ट, पेन्ट र क्याप टोपी समेत नजिकैको जङलगमा फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले  बताए । घटना रहस्यामय भएपनि अनुसन्धान भइरहेकाले थप तथ्य बाहिर आउन केही समय लाग्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ