arrow

कस्तुरीको बिनासहित दुई पक्राउ

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
pakrau-new.jpeg

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ ।

व्यूरोले काठमाडौं टोखा नगरपालिका–१० सामाखुशी चोकबाट आखेटोपहारसहित पक्राउ परेका उनीहरुलाई बिहिबार सार्वजनिक गरेको हो ।

 कस्तुरीको बिना एक थानसहित काठमाडौं तारकेश्वर नगरपालिका–१ का विजय लामा तथा नुवाकोट शिवपुरी गाँउपालिका–६ का सन्तोषकुमार तामाङलाई ब्यूरोले बुधबार पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो ।

लामा रेडपाण्डाको छालासहित पक्राउ परी केही समयअघि मात्र जिल्ला अदालत काठमाडौँबाट पाँच लाख धरौटीमा छुटेका व्यक्ति रहेको ब्यूरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

 पक्राउ परेका दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा चलाइने ब्युरोले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ