सरकारको नजर शिक्षा र स्वास्थ्यमा हुनुपर्छ : पूर्व राज्यमन्त्री शाह
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ ७ बिहिबार
625
Shares
बुटवल । प्रतिनिधी सभा सदस्य तथा पूर्व राज्यमन्त्री भरतकुमार शाहले सरकारको अबको नजर स्वास्थ्य तथा शिक्षामा हुनुपर्ने बताएका छन् ।
समृद्व राष्ट्र निर्माणका लागी नेपालमा पर्याप्त साधन नभएको भन्दै उनले व्यवस्थापन गर्नका लागी प्राकृतिक चिकित्सा आयोगको गठनको तयारीका लागी संघिय संसदमा पहल भईरहेको बताए ।
बर्तमान सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई विकासको मुख्य जग मानेर बिकास गर्नुपर्ने बेला आएको बताए । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ मा भएको कार्यक्रम मा बोल्दै सांसद शाहले यस्तो कुरा बताएका हुन् ।
फरक प्रसंगमा उनले आधिकांश स्थानीय तहले करलाई बृद्वि गरी दुख दिने गरेको आरोप लगाएका छन् । उनले गरीब ब्यक्तिलाई हेरेर कर निर्धारण गर्न आग्रह समेत गरेका छन् ।
जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र शुसासन कायम गर्न प्रत्येक वडाले आफ्ना वडाहरुबाट सेवा प्रदान गरीरहेको र अब ११ नम्बर वडाले पनि सेवा शुरु गर्ने सैनामैना नगर प्रमुख चित्र बहादुर कार्किले बताए ।
कार्यक्रममा नगरपालिकाका वडा नम्बर ११ का वडा अध्यक्ष सुनिल मरासीनी लगायतले बोलेका थिए ।